Trending
Prev Story
Next Story

बाक्ला कपडाबाट आएको गन्ध नधोइकन कसरी हटाउने ? ५ सजिला उपाय

Onlinekhabar •
November 18, 2026 • 07:30 AM
3
3 reads 0 reactions

जाडो दिनदिनै बढिरहँदा थन्क्याएर राखेका बाक्ला कपडा निकाल्ने क्रम प्राय सबैको घरमा चलिरहेकै होला । अघिल्लो साल जाडो सकिएपछि धोएर राखेका कपडा अहिले निकालेर प्रयोग गर्न खोज्दा नमिठो गन्ध आइरहेको हुन सक्छ । त्यसलाई हटाउन …

बाक्ला कपडाबाट आएको गन्ध नधोइकन कसरी हटाउने ? ५ सजिला उपाय

जाडो दिनदिनै बढिरहँदा थन्क्याएर राखेका बाक्ला कपडा निकाल्ने क्रम प्राय सबैको घरमा चलिरहेकै होला । अघिल्लो साल जाडो सकिएपछि धोएर राखेका कपडा अहिले निकालेर प्रयोग गर्न खोज्दा नमिठो गन्ध आइरहेको हुन सक्छ । त्यसलाई हटाउन फेरि धोएर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ ।

बाक्ला त्यसमाथि पहिले धोएरै थन्क्याएका कपडालाई गन्ध हटाउन फेरि धुनु पर्दा कठिन र झन्झट हुन सक्छ । यदि तपाईं यसरी गन्ध आउने कपडाहरूलाई नधोइकन कसरी लगाउन सकिन्छ भनेर सोच्दै हुनुहुन्छ भने, गन्ध हटाउने केही उपायहरू पनि हुन्छन् ।

बाक्ला कपडाहरूमाथि बेकिङ सोडा छर्किनुहोस् र केही बेर त्यत्तिकै छोडिदिनुहोस् । ३० मिनेटदेखि एक घण्टासम्म छोडेपछि, कपडाहरूलाई राम्ररी टक्टक्याउनुहोस् । यदि कपडामा अझै लागेको बेकिङ सोडा गएन भने नरम कपडाले पुछ्न सकिन्छ । बेकिङ सोडाले कपडामा भएको गन्धलाई प्रभावकारी रूपमा सोसेर बाहिर निकाल्छ ।

तपाईं जाडोका कपडाहरूबाट गन्ध हटाउन बाफको प्रयोग गर्न सक्नुहुन्छ । कपडामा बाफ लगाउँदा नमिठो गन्ध कम गर्न वा पूर्ण रूपमा हटाउन मद्दत पुग्छ । आइरन लगाउन मिल्ने खालको कपडा छ भने । अलिअलि पानी छर्किएर आइरन लगाएमा पनि गन्ध हटाउन सकिन्छ ।

जाडोका कपडाहरूलाई घाममा सुकाउनु गन्ध हटाउने एउटा उत्तम उपाय हो । घामको किरणले लामो समयसम्म थन्क्याएर राख्दा आउने ओसिलो वा बन्द कोठाको गन्ध हटाउन मद्दत गर्छ, जसले गर्दा कपडाहरू फेरि ताजा बनाउँछ ।

कपडाको गन्ध हटाउन सेतो भिनेगरको प्रयोग पनि गर्न सकिन्छ । एक भाग सेतो भिनेगरमा दुई भाग पानी मिसाउनुहोस्, यो मिश्रणलाई स्प्रे बोतलमा हाल्नुहोस् र कपडाहरूमा छर्किनुहोस् । त्यसपछि, कपडाहरूलाई घाममा झुन्ड्याउनुहोस् ।

यदि तपाईंलाई कुनै न्यानो स्वेटर वा सलबाट रातारात गन्ध हटाउनु छ भने फ्रिजको प्रयोग पनि एउटा उपाय हुन सक्छ । यदि भोलिपल्ट बिहान लगाउने योजना छ भने तपाईं कपडालाई प्लास्टिकको झोलामा राख्नुहोस् र फ्रिजरभित्र राखिदिनुहोस् । यसले कपडालाई चिसो बनाएर जम्ने अवस्थामा पुर्‍याउँछ, जसले गर्दा त्यसमा भएको नमिठो गन्ध हट्न मद्दत पुग्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

काठमाडौं। न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमिकहरू हडतालमा उत्रिएपछि बंगलादेशका करिब १५० कपडा...

#कपडा
Compare →
Arthasansar
5d ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#कपडा
Compare →
Hamro Patro News
5d ago
बंगलादेशका कपडा मजदुरको भान्सामै संकट!

बंगलादेशका कपडा मजदुरको भान्सामै संकट!

बंगलादेश । विश्व बजारमा कपडा निर्यातबाट ठूलो आम्दानी गर्ने बंगलादेशमा त्यही उद्योगमा काम गर्ने मजदुर भने दैनिक जीवन धान्न संघर्ष गरिरहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बढ्दो ...

#कपडा
Compare →
Nagarik News
2w ago
रविलाई रक्षा बमले भनिन् : तपाईंको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ

रविलाई रक्षा बमले भनिन् : तपाईंको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ

जेनजी अभियन्ता रक्षा बमले रास्वपाले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको बताएकी छिन्।

#गन्ध
Compare →

Related Stories

Sports
Build #2612