भोटेकोशी हाइड्रोपावर प्रालिमा इलेक्ट्रिकल अपरेटरका रूपमा कार्यरत बाह्रबिसे नगरपालिका–७, जुरेका दीपक पराजुलीको मृत्यु भएको हो।
काठमाडौँ — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा रहेको भोटेकोशी हाइड्रोपावरमा कार्यरत एक कर्मचारीको पानीमा डुबेर मृत्यु भएको छ।
भोटेकोशी हाइड्रोपावर प्रालिमा इलेक्ट्रिकल अपरेटरका रूपमा कार्यरत बाह्रबिसे नगरपालिका–७, जुरेका दीपक पराजुलीको मृत्यु भएको हो।
पराजुली सोमबार साँझदेखि हराइरहेका थिए। हाइड्रोपावरका कर्मचारीले उनी हराएको जानकारी प्रहरीलाई गराएपछि खोजी सुरु गरिएको थियो।
प्रहरी टोली राति करिब १ बजे घटनास्थल पुगेको थियो। खोजीका क्रममा मंगलबार बिहान करिब २ बजे हाइड्रोपावरको सुरुङमा पानी पठाउन बनाइएको संरचनाको मुखमा रहेको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो।
पराजुली हराएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट १० किलोबाट प्रहरी सहायक निरीक्षक शंकर राईको कमान्डमा तीन जनाको प्रहरी टोली खटिएको थियो।
खोजीका क्रममा सुरुङको मुखमा रहेको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए।