Trending
Prev Story
Next Story

युनाइटेड इदी मर्दी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

Bizshala •
November 18, 2026 • 05:34 AM
3
3 reads 0 reactions

काठमाडौँ । युनाइटेड इदी मर्दी एन्ड आर.बी. हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि...

युनाइटेड इदी मर्दी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । युनाइटेड इदी मर्दी एन्ड आर.बी. हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न आगामी पुस २५ गते शुक्रबार १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने दुई करोड ४१ लाख ९३ हजार २६० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतका दरले १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १६ गते सेयर दाखिला किताब बन्द गर्ने जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
11m ago
युनाइटेड इदी मर्दी हाइड्रोपावरले डाक्यो एजीएम, लाभांश पारित गर्ने

युनाइटेड इदी मर्दी हाइड्रोपावरले डाक्यो एजीएम, लाभांश पारित गर्ने

युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको...

#युनाइटेड #इदी #मर्दी
Compare →
Ekantipur
45m ago
भोटेकोशी हाइड्रोपावरमा कार्यरत कर्मचारीको डुबेर मृत्यु

भोटेकोशी हाइड्रोपावरमा कार्यरत कर्मचारीको डुबेर मृत्यु

भोटेकोशी हाइड्रोपावर प्रालिमा इलेक्ट्रिकल अपरेटरका रूपमा कार्यरत बाह्रबिसे नगरपालिका–७, जुरेका दीपक पराजुलीको मृत्यु भएको हो।

#हाइड्रोपावर
Compare →
Hamro Patro News
4d ago
पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो नयाँ प्रशिक्षकमा मउरिसो पोचेटिनाको नाम औपचारिक रूपमा घोषणा गरेको छ । कार्तिक २८, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — म्यान...

#युनाइटेड
Compare →
Onlinekhabar
1w ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#बोनस
Compare →

Related Stories

Business & Economy
Build #2612