Trending
Prev Story
Next Story

ग्लोबल आइएमई लघुवित्तले ६ प्रतिशत बोनस सेयर दिने

Bizshala •
November 18, 2026 • 05:34 AM
3
3 reads 0 reactions

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ...

ग्लोबल आइएमई लघुवित्तले ६ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न संस्थाले आगामी मङ्सिर २३ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार साधारण सभा पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटीमा बस्नेछ ।

सभामा आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ६ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका लागि संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभाले संस्थाको नियमावली संशोधन, सञ्चालक समितिको बैठक भत्ता पुनरावलोकन तथा दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले मङ्सिर २२ गते सेयर दाखिला किताब बन्द गर्ने जनाएको छ । त्यसअनुसार मङ्सिर २१ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
21m ago
लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले...

#ग्लोबल #आइएमई #लघुवित्त
Compare →
Hamro Patro News
20h ago
सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित

सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित

काठमाडौं । रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित व...

#आइएमई
Compare →

Related Stories

Politics & Governance
Build #2612