Trending
Prev Story
Next Story

छिनछिनमा पिसाब प्रोस्टेट क्यान्सर हुन सक्छ

Nagarik News •
November 18, 2026 • 01:57 AM
2
2 reads 0 reactions

। नेपालमा पनि प्रोस्टेट क्यान्सर भएका पुरुषहरू ढिलो गरी मात्र उपचारमा पुग्ने गरेको चिकित्सकहरूले बताएका छन्।

छिनछिनमा पिसाब प्रोस्टेट क्यान्सर हुन सक्छ

तपाईंलाई पिसाब फेर्दा पूरा ननिख्रने वा छिनछिनमा पिसाब लाग्ने समस्या छ ? छ भने तपाईंलाई प्रोस्टेट क्यान्सर पनि हुन सक्छ। बेलैमा परीक्षण गरे समयमै रोग पहिचान र उपचार गर्न सकिन्छ अन्यथा ढिलो हुन सक्छ। नेपालमा पनि प्रोस्टेट क्यान्सर भएका पुरुषहरू ढिलो गरी मात्र उपचारमा पुग्ने गरेको चिकित्सकहरूले बताएका छन्।

भक्तपुर क्यान्सर अस्पतालमा प्रतिवर्ष औसत ५०० जना प्रोस्टेट क्यान्सरको उपचारका लागि पुग्छन्। तीमध्ये चौथो चरणमा पुगिसकेका ५० प्रतिशत हुन्छन्। अस्पतालका अन्कोसर्जन डा. मनीष रायका अनुसार आधाभन्दा बढी बिरामी प्रोस्टेट क्यान्सरको चौथो चरणमा मात्र अस्पताल आइपुग्छन्। ‘अहिले पनि प्रोस्टेट क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी चौथो चरणमा मात्र आइपुग्छन्,’ उनले भने।

ढिलो उपचारमा पुग्दा शरीरका अन्य अंगमा समेत क्यान्सर फैलिइसकेको हुन्छ। यस्तो अवस्थामा उपचारबाट निको पार्न कठिन हुन्छ। प्रायः क्यान्सर फैलिएर अन्य समस्या देखिएपछि उपचारका लागि अस्पताल पुग्ने क्रममा मात्र प्रोस्टेट क्यान्सर पत्ता लाग्ने गरेको छ।

प्रोस्टेट क्यान्सरका लक्षण देखिए पनि पुरुषहरूले पिसाबसम्बन्धी समस्यालाई उमेर बढ्दै जाँदा हुने सामान्य समस्या ठानेर बेवास्ता गर्ने गरेका छन्। यही प्रवृत्तिका कारण रोग चौथो चरणमा पुगेपछि मात्र पहिचान हुने गरेको डा. राय बताउँछन्।

पछिल्लो समय चिकित्साशास्त्रमा भएको विकासका कारण धेरै पुरुषमा प्रोस्टेट क्यान्सर समयमै पहिचान हुन थालेको भक्तपुर क्यान्सर अस्पतालका रेडिएसन अन्कोलोजिस्ट  डा. सुधीर सिलवाल बताउँछन्। ‘पिसाबको समस्या लिएर अस्पताल जानेहरूको पिएसए (प्रोस्टेट स्पेसिफिक एन्टिजेन) परीक्षण भइहाल्छ। त्यसबाट धेरैमा प्रोस्टेट क्यान्सर पहिचान हुने गरेको छ,’ उनले भने। यसका साथै शरीरका अन्य समस्याको उपचार गर्ने क्रममा गरिने भिडियो एक्सरे र सिटी स्क्यानजस्ता परीक्षणबाट पनि समयमै प्रोस्टेट क्यान्सरको अवस्था थाहा हुने गरेको छ।

चिकित्सकका अनुसार पुरुषको शरीरमा प्रोस्टेट ग्रन्थी हुन्छ। यो ग्रन्थीले पुरुष प्रजनन प्रणालीमा महŒवपूर्ण भूमिका खेल्छ। उमेर बढ्दै जाँदा यो ग्रन्थीको आकार पनि बढ्दै जान सक्छ।

प्रोस्टेट ग्रन्थीका कोषहरूको वृद्धि हुने क्रममा डिएनएमा समस्या आए क्यान्सर हुन सक्छ। तर प्रोस्टेट ग्रन्थी बढ्दैमा सबै अवस्थामा क्यान्सर हुन्छ भन्ने होइन। केही अवस्थामा ग्रन्थीको असामान्य वृद्धिले क्यान्सरको रूप लिन सक्छ। यही कारण पिसाबसम्बन्धी समस्यालाई प्रोस्टेट क्यान्सरसँग झुक्किने वा सामान्य उमेरजन्य समस्या ठान्ने प्रवृत्ति रहेको चिकित्सकहरूको भनाइ छ। क्यान्सरको जोखिम नदेखिएका प्रोस्टेट ग्रन्थी बढेका बिरामीलाई चिकित्सकले नियमित निगरानीमा राखेर लामो समय शल्यक्रियाबिनै उपचार गर्न सक्छन्।

प्रोस्टेट क्यान्सरको जोखिममा वंशाणुगत कारणको पनि भूमिका हुन्छ। करिब १० प्रतिशतमा वंशाणुगत कारणले यो क्यान्सर हुने गरेको चिकित्सकहरू बताउँछन्। बाँकीमा शरीरका कोष तथा जिनमा आउने परिवर्तनका कारण क्यान्सर विकास हुन सक्छ। यो क्यान्सर प्रायः ६० वर्षमाथिका पुरुषमा देखिन्छ भने केही संख्यामा ४० देखि ६० वर्ष उमेर समूहका पुरुषमा पनि देखिने गरेको छ।

सम्बन्धित भागको मासुको बायोप्सी परीक्षण, पिएसए परीक्षण, सिटी स्क्यान र भिडियो एक्सरेबाट प्रोस्टेट क्यान्सर पहिचान गर्न सकिन्छ। नेपालमा यो क्यान्सरबाट कति जना प्रभावित छन् भन्ने यकिन तथ्यांक छैन तर ग्लोबोक्यानले सन् २०२४ मा गरेको अध्ययनअनुसार नेपालमा प्रति एक लाख जनसंख्यामा ४२३ जनामा यो क्यान्सर हुने गरेको छ। प्रोस्टेट क्यान्सर भएपछि यौनजीवनमा पनि असर पर्न सक्छ। शल्यक्रियापछि वीर्य बाहिर निस्कनुको सट्टा मूत्राशयतर्फ जाने समस्या देखिन सक्छ। यसकारण पुरुषको यौनजीवन प्रभावित हुन सक्छ।

प्रोस्टेट ग्रन्थी शरीरको संवेदनशील तथा अप्ठ्यारो भागमा रहेकाले यसको शल्यक्रिया सहज हुँदैन। अन्य असर कम गर्दै उपचार गर्न चिकित्सकहरूले रेडिएसन थेरापी पनि प्रयोग गर्ने गरेका छन्। पछिल्लो समय आधुनिक चिकित्सा प्रविधिका रूपमा रोबोटिक सर्जरीको प्रयोग बढ्दै गएको छ। चितवन मेडिकल कलेज र बिएन्डबी अस्पतालमा रोबोटिक सर्जरी प्रविधि भित्रिएको छ तर नेपालमा प्रोस्टेट क्यान्सरको उपचारमा  रोबोटिक सर्जरी सुरु भइनसकेको चिकित्सकहरू बताउँछन्।

यो प्रविधिबाट शल्यक्रिया गर्दा अप्ठ्यारो भागमा रहेको प्रोस्टेट ग्रन्थी निकाल्न सहज हुन्छ। प्रोस्टेट ग्रन्थी संवेदनशील स्थानमा रहेकाले परम्परागत प्रविधिबाट गरिने शल्यक्रिया तुलनात्मक रूपमा चुनौतीपूर्ण हुन्छ। आधुनिक रोबोटिक शल्यक्रिया नेपालका केही निजी अस्पतालमा सुरु भए पनि अत्यन्त महँगो पर्ने भएकाले प्रोस्टेट क्यान्सरको शल्यक्रियामा यो प्रविधि सबैको पहुँचमा पुर्‍याउनु चुनौतीपूर्ण छ।

प्रोस्टेट क्यान्सर भइसकेपछि उपचार जटिल हुने भएकाले सुरुमै पहिचान गरी चिकित्सकको निगरानीमा उपचार गरे थप असरबाट बच्न सकिने चिकित्सकहरू बताउँछन्। महिलाले आफ्नो प्रजनन अंगको नियमित परीक्षण गरेजस्तै पुरुषले पनि ५० वर्ष पुगेपछि वर्षमा एकपटक प्रोस्टेटको जाँच गराउनुपर्छ। परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएको छ भने ३५ देखि ४० वर्षकै उमेरमा परीक्षण गराउन चिकित्सकको सुझाव छ। ‘महिलाले जस्तै पुरुषले पनि आफ्नो लिंग र अण्डकोषको नियमित परीक्षण गर्नुपर्छ,’ एक चिकित्सकले भने।

यसका साथै हरेक पुरुषले स्वस्थ जीवनशैली अपनाए यो क्यान्सरको जोखिम कम गर्न सकिने चिकित्सकहरूको सुझाव छ। नियमित व्यायाम गर्ने, पत्रु खानाको प्रयोग कम गर्ने, धूमपान नगर्ने र सन्तुलित भोजन गर्ने गरेमा क्यान्सरको जोखिम घटाउन सकिन्छ। ‘सक्रिय जीवनशैली अपनाउने र नियमित व्यायाम गर्ने पुरुषको तुलनामा निष्क्रिय जीवन बिताउनेमा जोखिम बढी हुन्छ,’ अन्कोसर्जन डा. रायले भने। गोलभेडामा पाइने ‘लाइकोपिन’ले प्रोस्टेट क्यान्सरको जोखिम घटाउन मद्दत गर्ने चिकित्सकीय मान्यता छ।

प्रकाशित: २ मंसिर २०८३ ०७:४२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
ठूलो आन्द्राको क्यान्सरमा सीईए जाँच: उपचारको निगरानी र रोग दोहोरिने जोखिमको पहिचान

ठूलो आन्द्राको क्यान्सरमा सीईए जाँच: उपचारको निगरानी र रोग दोहोरिने जोखिमको पहिचान

ठूलो आन्द्राको क्यान्सरको उपचार कत्तिको प्रभावकारी भइरहेको छ भनी निगरानी गर्न, रोगको अवस्था आकलन गर्न र उपचारपछि क्यान्सर पुनः दोहोरिने सम्भावना पत्ता लगाउन रगतमा 'सीईए' को मात्रा जाँच गर्ने गरिन्छ...

#क्यान्सर #उपचार
Compare →
Bizshala
5d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#क्यान्सर #उपचार
Compare →
Onlinekhabar
1d ago
युद्ध लडेँ क्यान्सर जितेँ : युद्धका विविध आयामको लीलानुभूति

युद्ध लडेँ क्यान्सर जितेँ : युद्धका विविध आयामको लीलानुभूति

नेपाली व्यञ्जनमा ‘म’ लाई ‘राम्रो म’ भनी चिनाइन्छ, पढाइन्छ । आफूलाई चिन्न थाल्ने उमेरदेखि नै ‘म राम्रो’ भन्ने भावबाट प्रशिक्षित हुँदा बाल मस्तिष्कभित्र साँच्चै आत्मस्वीकृतिले घर बसाउँदो हो । त्यही ‘राम्रो म’ जस्तै राम्री, परिवारका …

#क्यान्सर
Compare →
Arthasansar
1w ago
सेयर किन्नुअघि यी ६ सूचक हेर्नुहोस्, नत्र राम्रो कम्पनी छान्दा पनि पर्न सक्छ घाटा!

सेयर किन्नुअघि यी ६ सूचक हेर्नुहोस्, नत्र राम्रो कम्पनी छान्दा पनि पर्न सक्छ घाटा!

सेयर बजारमा लगानी गर्ने धेरैको उद्देश्य एउटै हुन्छ– कम जोखिममा राम्रो प्रतिफल कमाउने। तर बजारमा कुन कम्पनीको सेयर किन्ने, कहिले...

#सक्छ
Compare →

Related Stories

Health & Wellness
Build #2612