Trending
Prev Story
Next Story

यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा युवराज बिष्ट

Nagarik News •
November 17, 2026 • 12:45 PM
3
3 reads 0 reactions

व्यवस्थापनमा स्नातकोत्तर (एमबिए) गरेका उनले एयरलाइन्सको विभिन्न व्यावसायिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा युवराज बिष्ट

यती एयरलाइन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युवराज बिष्ट नियुक्त भएका छन् ।

बिष्टले सन् २००९ मा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा यती एयरलाइन्सबाटै आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । बिष्टले हवाई सेवा क्षेत्रमा १७ वर्षभन्दा बढी काम गरेको अनुभव सँगालेका छन् । व्यवस्थापनमा स्नातकोत्तर (एमबिए) गरेका उनले एयरलाइन्सको विभिन्न व्यावसायिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । कम्पनीमा विभिन्न पदमा रहेर अनुभव हासिल गरेका बिष्ट यसअघि प्रमुख व्यावसायिक अधिकृत (सिबिओ) तथा जवाफदेही व्यवस्थापकको जिम्मेवारीमा थिए । उनले कम्पनीको व्यावसायिक रणनीति, व्यवस्थापन र संस्थागत विकासका क्षेत्रमा काम गरेका थिए । व्यवस्थापन प्रशिक्षार्थीबाट सेवा सुरु गरी कम्पनीको नेतृत्व तहसम्म पुगेका बिष्टले अब एयरलाइन्सको समग्र रणनीतिक दिशा, व्यावसायिक सञ्चालन र संस्थागत विकासको नेतृत्व गर्नेछन् । व्यावसायिक योजना, संस्थागत व्यवस्थापन, सेवा विस्तार तथा कार्यसम्पादन व्यवस्थापनमा अनुभव हासिल गरेका बिष्टको नेतृत्वमा कम्पनीले आगामी व्यावसायिक योजना र विकासका कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित: १ मंसिर २०८३ १८:३० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
8h ago
यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

१ मंसिर, काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन् । यसअघि उनी कम्पनीमै प्रमुख विजनेश अफिसर (सीबीओ) र उत्तरदायी प्रवन्धकका रुपमा कार्यरत थिए । उनी सन् २००९ देखि नै यस …

#एयरलाइन्स #यती #युवराज
Compare →
Ekantipur
8h ago
यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

१८ वर्षअघि म्यानेजमेन्ट ट्रेनीका रूपमा एयरलाइन्समा प्रवेश गरेका विष्ट नेतृत्वदायी पदमा पुगेका हुन् ।

#एयरलाइन्स #युवराज
Compare →
Hamro Patro News
1w ago
एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका विमान ठोक्किनबाट जोगिए

एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका विमान ठोक्किनबाट जोगिए

काठमाडौं । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई यात्रुवाहक विमान आकाशमा आपसमा ठोक्किनबाट जोगिएका छन् । एयर फ्रान्सको विमान निर्धारित...

#एयरलाइन्स
Compare →

Related Stories

Technology
Build #2612