१ मंसिर, काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन् । यसअघि उनी कम्पनीमै प्रमुख विजनेश अफिसर (सीबीओ) र उत्तरदायी प्रवन्धकका रुपमा कार्यरत थिए ।
उनी सन् २००९ देखि नै यस कम्पनीमा आवद्ध छन् । म्यानेजमेन्ट ट्रेनीका रुपमा प्रवेश गरेका उनी यती एयरलाइन्सको नेतृत्वमा पुग्न सफल भएका हुन् । उनीसँग उड्डयन क्षेत्रमा १७ वर्षभन्दा लामो अनुभव छ ।
यती एयरलाइन्स निजी लगानीको वायुसेवा कम्पनी हो । साढे दुई दशकदेखि नेपाली आकासमा निरन्तर सेवा दिइरहेको यतीले नेपालका मुख्य गन्तब्यहरूमा उडान सेवा पुर्याइरहेको छ । यतीको भगिनी तारा एयरले दुर्गम भेगका विमानस्थलमा उडान सेवा दिइरहेको छ ।