Trending
Prev Story
Next Story

राजीनामा दिएका हुआङलाई सीईओमा फर्काउन दबाब, एक लाख ७१ हजार बढीले गरे हस्ताक्षर

Nagarik News •
November 16, 2026 • 06:10 AM
4
4 reads 0 reactions

चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउन दबाब बढेको छ।

राजीनामा दिएका हुआङलाई सीईओमा फर्काउन दबाब, एक लाख ७१ हजार बढीले गरे हस्ताक्षर

चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउन दबाब बढेको छ।

उनको पुनरागमनको माग गर्दै सुरु गरिएको अनलाइन अभियानमा एक लाख ७१ हजारभन्दा बढी हस्ताक्षर संकलन भएको हो। राजीनामा दिएको केही दिनमै हुआङले आफ्ना विश्वासपात्रसँग पुनः सीईओ बन्ने विषयमा छलफल गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।

‘स्ट्यान्ड विथ जेन्सेन’ नाम दिइएको अभियानमा यो समाचार तयार पार्दासम्म एक लाख ७१ हजार २६७ जनाले हस्ताक्षर गरेका छन्। अभियानको वेबसाइटअनुसार हस्ताक्षरकर्तामध्ये ९० हजार १९९ जना कम्पनीका सेयरधनी, ७१ हजार ३३ जना अन्य समर्थक, ८ हजार ४८८ जना हाल एनभिडियामा कार्यरत कर्मचारी र एक हजार ५५२ जना पूर्वकर्मचारी छन्।

टेस्लाका प्रमुख एलन मस्क, एपिक गेम्सका प्रमुख टिम स्वीनी र वाई कम्बिनेटरका प्रमुख ग्यारी टानले पनि हुआङको पुनरागमन अभियानलाई समर्थन गरेका छन्। मस्कले सामाजिक सञ्जाल एक्समा आफूले पनि हुआङलाई पुनः सीईओ बनाउन सुरु गरिएको याचिकामा हस्ताक्षर गर्ने बताएका छन्।

एनभिडियाका केही कर्मचारीले पनि हुआङको नेतृत्वको समर्थन गरेका छन्। कम्पनीका एक इन्जिनियरले उनको बहिर्गमनपछि कम्पनी छाड्ने निर्णय गरेको बताएका छन्। त्यस्तै, कम्पनीमा झन्डै आठ वर्ष काम गरेकी अर्की कर्मचारीले हुआङको नेतृत्व र कर्मचारीप्रतिको सहयोगको प्रशंसा गरेकी छन्।

कम्पनीका ठूला सेयरधनीले पनि हुआङको सम्भावित पुनरागमनसहित सबै विकल्पमा विचार गर्न बोर्डलाई आग्रह गरेका छन्। अल्टिमिटर क्यापिटलका प्रमुख ब्राड गर्स्टनर र एट्राइड्स म्यानेजमेन्टका ग्याभिन बेकरले शुक्रबार खुला पत्र लेख्दै नयाँ नेतृत्व चयन गर्दा निष्पक्ष प्रक्रिया अपनाउनुपर्ने बताएका थिए।

हुआङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए। उनकै नेतृत्वमा कम्पनी कृत्रिम बुद्धिमत्ता (एआई) का लागि आवश्यक चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक बनेको हो। तर, विवाहबाहिरको सम्बन्धसम्बन्धी समाचार सार्वजनिक भएपछि उनले कम्पनीको अध्यक्ष, सीईओ र सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका थिए। उक्त विवादमा चीनसँग सम्बन्ध रहेको आशंका गरिएकी एलिस हुआङसँगको सम्बन्ध पनि जोडिएको छ।

एनभिडियाले लामो समयदेखि कम्पनीको वित्तीय प्रमुख रहेकी कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरेको छ। स्थायी नेतृत्व चयनका लागि कम्पनीको बोर्डले आन्तरिक र बाह्य दुवै विकल्पमा विचार गरिरहेको छ। बोर्डले स्वतन्त्र अनुसन्धानसमेत जारी राखेको छ।

यसैबिच, हुआङका समर्थकले सिलिकन भ्यालीका प्राविधिक अधिकारीहरूको ‘वार रुम’ बनाएर उनको पुनरागमनका लागि लबिइङ गर्ने तयारी गरेका छन्। उनीहरूले ह्वाइट हाउसको समर्थनसमेत जुटाउने प्रयास गर्ने फाइनान्सियल टाइम्सले जनाएको छ। उक्त प्रयासमा हुआङको पनि समर्थन रहेको बताइएको छ।

तर, उनको पुनरागमन सहज देखिएको छैन। हुआङको बहिर्गमनसँग जोडिएका घटनाबारे एनभिडियाको बोर्डले स्वतन्त्र अनुसन्धान गरिरहेको छ। अमेरिकी सांसदहरूले पनि यस घटनाले देशको एआई क्षेत्रमा रहेको प्रतिस्पर्धात्मक क्षमता र राष्ट्रिय सुरक्षामा पारेको असरबारे अनुसन्धान गर्ने तयारी गरेका छन्।

यसअघि एनभिडियाको बोर्डले नयाँ सीईओको खोजीका क्रममा बेलायती चिप निर्माता कम्पनी आर्म होल्डिङ्सका प्रमुख रेने हाससँग सम्पर्क गरेको थियो। तर, कम्पनीले कुनै पनि सम्भावित उम्मेदवारसँग औपचारिक रूपमा छलफल नगरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धका कारण पनि हुआङको विषय चर्चामा छ। ट्रम्पले एप्पलका पूर्वसीईओ टिम कुकलाई एनभिडियाको नेतृत्वमा ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

यता, स्काइब्रिजका संस्थापक तथा ह्वाइट हाउसका पूर्वसञ्चार निर्देशक एन्थोनी स्कारामुचीले भने हुआङ तत्कालै सीईओमा फर्किने सम्भावना नरहेको बताउँछन्। उनले सामाजिक सञ्जालमा लेख्दै कम्पनीको बोर्डले अनुसन्धान जारी रहेका बेला उनलाई पुनः नेतृत्वमा ल्याउन नसक्ने धारणा राखेका हुन्।

त्यस्तै, युक्रभिल आइभ्स एन्ड कम्पनीका विश्लेषक ड्यान आइभ्सले पनि हुआङ एनभिडियाको सीईओमा फर्किने सम्भावना नरहेको बताएका छन्। उनका अनुसार अनलाइन याचिका र सार्वजनिक दबाबले कम्पनीको ध्यान अन्यत्र मोड्न सक्छ। तर अन्तरिम सीईओ कोलेट क्रेसका लागि अहिले कम्पनीमा स्थिरता र लगानीकर्ताको विश्वास कायम गर्नु मुख्य चुनौती हो।

यद्यपि, कतिपयले कानुनी चुनौती पार गर्न सके हुआङ पुनः नेतृत्वमा फर्किन सक्ने सम्भावना देख्छन्। सीपोर्ट रिसर्च पार्टनर्सका वरिष्ठ विश्लेषक जे गोल्डबर्गले एआई क्षेत्रमा उनको प्रभाव र लगानीकर्ताको समर्थन कायम रहे पुनरागमन सम्भव हुने बताएका छन्।

एनभिडियाले मंगलबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। यसले अन्तरिम सीईओ क्रेस र कम्पनीको नयाँ नेतृत्व टोलीमाथि लगानीकर्ताको ध्यान थप केन्द्रित गर्नेछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ३० कार्तिक २०८३ ११:५५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब

एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब

३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा …

#हुआङ #सीईओ #दबाब
Compare →
Bizshala
3d ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #सीईओ #राजीना
Compare →
Hamro Patro News
3d ago
एनभिडियाका सीईओ हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ हुआङले दिए राजीनामा

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङले राजीनामा दिएको घोषणा गरेको हो । उनले ३३ वर्षदेखि ने...

#हुआङ #सीईओ #राजीना
Compare →
Ekantipur
3d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#हुआङ #सीईओ #राजीना
Compare →
Arthasansar
3d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#सीईओ #राजीना
Compare →

Related Stories

World News
Build #2612