Trending
Prev Story
Next Story

यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

Ekantipur •
November 17, 2026 • 09:02 AM
2
2 reads 0 reactions

१८ वर्षअघि म्यानेजमेन्ट ट्रेनीका रूपमा एयरलाइन्समा प्रवेश गरेका विष्ट नेतृत्वदायी पदमा पुगेका हुन् ।

यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

१८ वर्षअघि म्यानेजमेन्ट ट्रेनीका रूपमा एयरलाइन्समा प्रवेश गरेका विष्ट नेतृत्वदायी पदमा पुगेका हुन् ।

काठमाडौं — यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन् । यति एयरलायन्स व्यवस्थापनले मंगलबारदेखि लागू हुनेगरी विष्टलाई नियुक्ती गरेको जनाएको छ ।

सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा प्रवेश गरेका विष्ट १८ वर्षभन्दा बढी समयको अनुभवपछि कम्पनीको नेतृत्वदायी पदमा पुगेका हुन् । यति व्यवस्थापनले विष्टको नियुक्तीसँगै निवर्वतमान सीइओ सुवाष सापकोटलाइ बिदाइ गरेको छ ।

४३ वर्षीय विष्टसँग उड्डयन क्षेत्रमा व्यावसायिक व्यवस्थापन, व्यवसाय विकास तथा संगठनात्मक सञ्चालनको अनुभव छ । उनले व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । यसअघि उनले कम्पनीको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) तथा एकाउन्टेबल म्यानेजरका रूपमा काम गरिसकेका छन् ।

सीबीओका रूपमा उनले कम्पनीको व्यावसायिक रणनीति, व्यवस्थापन तथा संगठनात्मक विकाससम्बन्धी जिम्मेवारी सम्हालेका थिए । नयाँ जिम्मेवारीसँगै उनले एयरलाइन्सको समग्र रणनीतिक दिशा, व्यावसायिक सञ्चालन र संस्थागत वृद्धिको नेतृत्व गर्नेछन् । विष्टको विशेषज्ञताका क्षेत्र रणनीतिक व्यावसायिक योजना, कर्पोरेट व्यवस्थापन, एयरलाइन व्यवसाय विकास, व्यावसायिक रणनीति, कार्यसम्पादन व्यवस्थापन तथा कर्पोरेट सुशासन हुन् ।

सन् १९९८ मा स्थापना भएको यति एयरलाइन्सले आन्तरिक हवाई सेवामार्फत देशका विभिन्न गन्तव्यमा उडान सेवा प्रदान गर्दै आएको छ । यतिले शुरुवाती दिनमा क्यानडामा निर्मित डीएचसी  ट्विनअटर विमानबाट व्यावसायिक उडान सुरु गरेको थियो । हाल कम्पनीले ७ वटा एटीआर–७२ विमानमार्फत आन्तरिक उडान सञ्चालन गर्दै आएको छ ।

यतिले काठमाडौंलाई मुख्य आधार बनाएर पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र नेपालगञ्जलगायतका गन्तव्यमा नियमित उडान सञ्चालन गर्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
26m ago
यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

१ मंसिर, काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन् । यसअघि उनी कम्पनीमै प्रमुख विजनेश अफिसर (सीबीओ) र उत्तरदायी प्रवन्धकका रुपमा कार्यरत थिए । उनी सन् २००९ देखि नै यस …

#एयरलाइन्स #सीईओ #युवराज
Compare →

Related Stories

Technology
Build #2612