२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले जारी नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टीयू मैदानमा चलिरहेको खेलमा सम्राले २६ बल खेल्दै ६ चाैका र ३ छक्का मद्दतमा ५१ रन बनाएका हुन् ।
एनपीएलमा चाैथो खेल खेलिरहेका क्यानेडियन ओपनर सम्राको यो दोस्रो अर्धशतक हो भने ५० रन कटाएको तेस्रो पटक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध १०२ र विराटनगरविरुद्ध ८४ रन बनाएका थिए ।