काठमाडौं । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई यात्रुवाहक विमान आकाशमा आपसमा ठोक्किनबाट जोगिएका छन् । एयर फ्रान्सको विमान निर्धारित मार्गबाट विचलित भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले घटनाबारे छानबिन थालेको याहू न्युज ले जनाएको छ ।
शनिबार बिहान करिब १२ः२० बजे भएको घटनामा लस एन्जलसबाट ताहितीको पापेतेतर्फ लागेको एयर फ्रान्सको फ्लाइट एएफ०२८ समानान्तर धावनमार्गबाट उडेको अमेरिकन एयरलाइन्सको विमानको मार्गमा प्रवेश गरेको एफएएले जनाएको छ ।
Read full story at source ( baahrakhari.com )