Trending
Prev Story
Next Story

कस्ता छन् संसारका १५ सबैभन्दा ठूला वायुसेवा ?

Onlinekhabar •
November 11, 2026 • 01:30 PM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी कुन होला ? हवाई यात्रुमात्र नभई अन्यका लागि पनि यो चासोको विषय हो । सन् २०२६ को पछिल्लो तथ्यांक हेर्ने हो भने अमेरिकाको युनाइटेड एयरलाइन्स जहाज संख्याका …

कस्ता छन् संसारका १५ सबैभन्दा ठूला वायुसेवा ?

२५ कात्तिक, काठमाडौं । संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी कुन होला ? हवाई यात्रुमात्र नभई अन्यका लागि पनि यो चासोको विषय हो ।

सन् २०२६ को पछिल्लो तथ्यांक हेर्ने हो भने अमेरिकाको युनाइटेड एयरलाइन्स जहाज संख्याका आधारमा संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । युनाइटेडसँग हाल १ हजार १ सय १२ थान जहाज सञ्चालनमा छन् ।

दोस्रो स्थानमा अमेरिकाकै अमेरिकन एयरलाइन्स रहेको छ । अमेरिकनसँग १ हजार १३ जहाज छन् । तेस्रो स्थानमा पनि अमेरिकाकै डेल्टा एयरलाइन्स छ, जोसँग १ हजार ४ थान जहाज सञ्चालनमा छन् ।

यी तीन वायुसेवा संसारका यस्ता वायुसेवा हुन् जसले आफ्ना १ हजारभन्दा बढी जहाज आफैं सञ्चालन गर्छन् । बल्ल चौथो स्थानमा भने चीनको चाइना साउदर्न एयरलाइन्स रहेको छ । चाइना साउदर्नसँग हाल ८ सय ५० थान जहाज सञ्चालनमा छन् ।

तथ्यांक अनुसार अमेरिकन एयरलाइन्सले सबैभन्दा धेरै यात्रु बोक्छ, डेल्टा एयरलाइन्सले सबैभन्दा धेरै आम्दानी गर्छ भने युनाइटेड एयरलाइन्सले सबैभन्दा धेरै गन्तव्यमा उडान गर्छ ।

अब हेरौं संसारका १५ सबैभन्दा ठूला वायुसेवा कस्ता छन् ?

युनाइटेड एयरलाइन्ससँग अगस्ट २०२६ सम्म १ हजार १ सय ३५ जहाज सञ्चालनमा छन् । यो कम्पनी संसारमै सबैभन्दा धेरै जहाज भएको वायुसेवा हो । यसको रणनीति नै ठूलो आकार हुने हो । युनाइटेड वार्षिक ३ खर्ब ३० अर्ब सिट माइल उड्छ । यसले ३ सय ९२  गन्तव्य उडान गरिरहेको छ ।

अमेरिकन एयरलाइन्सँग हाल १ हजार १३ जहाज सञ्चालनमा छन् । यसले अक्टोबर २०२५ सम्म थप ३ सय १ थान एयरबस र बोइङ जहाज अर्डर गरेको थियो ।

डेल्टा एयरलाइन्सले १ हजार ४ थान जहाज उडाइरहेको छ । यसले २०२५ मा ६३ अर्ब ३० करोड अमेरिकी डलर बराबर आम्दानी गरेको थियो । आम्दानीका हिसाबले यो संसारकै सबैभन्दा ठूलो वायुसेवा हो ।

४. चाइना साउदर्न एयरलाइन्स (८५० जहाज)

चीनको चाइना साउदर्न एयरलाइन्स अमेरिका बाहिरको सबैभन्दा ठूलो र एसियाको सबैभन्दा ठूलो वायुसेवा हो । यसले ग्वाङझाउ र बेइजिङ हबबाट ८ सय ५० जहाज उडाइरहेको छ । यसका २ सय २६ गन्तव्य छन् ।

अमेरिकाको साउथवेस्ट एयरलाइन्स संसारको सबैभन्दा ठूलो बोइङ ७३७ जहाज सञ्चालक हो । यसले १९७८ र १९८५ बीचमा भाडामा लिएका सात थान बोइङ ७२७–२०० सिरिजका जहाज र त्यसयता सधैं बोइङ ७३७ जहाजमात्र उडाइरहेको छ ।

६. चाइना इस्टर्न एयरलाइन्स (६६४ जहाज)

चीनको चाइना इस्टर्न एयरलाइन्सले सांघाईबाट ६ सय ६४ थान  जहाज उडाइरहेको छ । यो चीनका तीन सरकारी वायुसेवामध्ये दोस्रो र संसारको छैटौं सबैभन्दा ठूलो वायुसेवा हो ।

आयरल्यान्डको र्‍यान एयर युरोपको सबैभन्दा ठूलो वायुसेवा र कम लागत (सस्तोमा उडान गर्ने) संसारकै सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीसँग हाल ६ सय ४७ जहाज छन् । योसँग ४ सय ११ बोइङ ७३७ नेक्स्ट जेनेरेसन, २ सय १० बी७३७–८–२०० र २६ थान  एयरबस ३२० जहाज छन् । कम्पनीले थप ३०० बोइङ ७३७ जहाज अर्डर गरेको छ ।

अमेरिकाको स्काइवेस्ट एयरलाइन्स जहाज संख्याका आधारमा संसारकै आठौं ठूलो वायुसेवा कम्पनी हो । योसँग ५ सय ७९ थान जहाज सञ्चालनमा छन् ।

युरोपको टर्किस एयरलाइन्सले ५ सय ४५ जहाज उडाइरहेको छ । यो १ सय ३० देशका गन्तव्यमा जाने गरेको छ । यो संसारका अन्य वायुसेवाका भन्दा धेरै देश पुग्ने कम्पनी हो । यसले २ सय ९० गन्तव्यमा उडान गरिरहेको छ । २०२५ मा टर्किसले २४ अर्ब १० करोड डलर आम्दानी गरेको थियो ।

संसारको दसौं ठूलो वायुसेवा चीनको एयर चाइना त्यहाँको राष्ट्रिय ध्वजावाहक हो । हाल ५ सय १० जहाज उडाइरहेको एयर चाइना चीनका ठूलामध्ये तेस्रो स्थानमा पर्छ । कम्पनीले २०२५ मा २३ अर्ब ४० करोड डलर आम्दानी गरेको थियो ।

भारतको निजी वायुसेवा कम्पनी इन्डिगो एयरलाइन्सले हाल ४ सय २५ थान जहाजबाट १ सय ३७ गन्तव्यमा दैनिक २ हजार ७ सय उडान गर्दै आएको छ । २०२५ मा इन्डिगोले ११ करोड ८० लाख यात्रु बोकेको थियो ।

अमेरिकाको जेटब्लुले २ सय ७९ जहाजबाट अमेरिकाभरि १ सय ११  गन्तव्य उडान गरिरहेको छ । यसले युरोपका केही सहरमा पनि उडान गरिरहेको छ ।

जर्मनीको लुफ्थान्साले हाल २ सय ७४ जहाज सञ्चालन गरिरहेको छ । यसले थप १ सय ४० जहाज अर्डर गरेको छ । लुफ्थान्साले २०२५ मा ४५ अर्ब ७० करोड डलर आम्दानी गरेको थियो ।

युनाइटेड अरब इमिरेट्स (यूएई) को इमिरेट्स एयरले हाल २ सय ६६ जहाजबाट यात्रु सेवा दिइरहेको छ । योसँग दुई प्रकारका मात्र जहाज छन् । १ सय १६ थान एयरबस ३८० र १ सय २७ थान  बोइङ ७७७ जहाज छन् ।

बेलायतको ब्रिटिस एयरवेजले २ सय ५४ जहाज उडाइरहेको छ भने थप ७४ थान अर्डर गरेको छ । यसले २०२५ मा ३८ अर्ब ३० करोड डलर आम्दानी गरेको थियो भने २०२४ मा १२ करोड २० लाख यात्रु बोकेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
कस्ता छन् संसारका १५ सबैभन्दा ठूला वायुसेवा ?

कस्ता छन् संसारका १५ सबैभन्दा ठूला वायुसेवा ?

२५ कात्तिक, काठमाडौं । संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी कुन होला ? हवाई यात्रुमात्र नभई अन्यका लागि पनि यो चासोको विषय हो । सन् २०२६ को पछिल्लो तथ्यांक हेर्ने हो भने अमेरिकाको युनाइटेड एयरलाइ...

#वायुसेवा #संसार #कस्ता
Compare →

Related Stories

World News
Build #2611