Trending
Prev Story
Next Story

आईपीएल ट्रेड : राजस्थानमा मोहम्मद शामी र सिद्धार्थ, साम करान लखनउमा

Onlinekhabar •
November 17, 2026 • 11:01 AM
3
3 reads 0 reactions 4 comments

१ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि खेलाडी साटफेर गर्ने क्रममा मोहम्मद शामी र एम सिद्धार्थ राजस्थान रोयल्समा पुगेका छन्। अलराउन्डर साम करान भने राजस्थानबाट लखनउ सुपर जायन्ट्समा गएका छन्। अनुभवी तीव्र गतिका …

आईपीएल ट्रेड : राजस्थानमा मोहम्मद शामी र सिद्धार्थ, साम करान लखनउमा

१ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि खेलाडी साटफेर गर्ने क्रममा मोहम्मद शामी र एम सिद्धार्थ राजस्थान रोयल्समा पुगेका छन्। अलराउन्डर साम करान भने राजस्थानबाट लखनउ सुपर जायन्ट्समा गएका छन्।

अनुभवी तीव्र गतिका बलर शामी लखनउबाट राजस्थान पुगेका हुन्। लखनउले उनलाई १० करोड भारुमा अनुबन्ध गरेको थियो। तर, राजस्थानमा उनको नयाँ अनुबन्ध रकम ८ करोड भारु हुनेछ।

३६ वर्षीय शामीले आईपीएलमा अहिलेसम्म १३२ खेल खेल्दै १४५ विकेट लिएका छन्। उनको आगमनले राजस्थानको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ।

बायाँ हाते स्पिनर एम सिद्धार्थ पनि लखनउबाट राजस्थान पुगेका छन्। उनको पारिश्रमिक भने ७५ लाख भारु नै कायम रहनेछ।

यस्तै, अलराउन्डर साम करन राजस्थानबाट लखनउ पुगेका छन्। उनी २ करोड ४० लाख भारुको पुरानै पारिश्रमिकमा लखनउमा आबद्ध भएका हुन्।

करनले आईपीएलमा अहिलेसम्म ५९ विकेट लिनुका साथै ९९७ रन बनाएका छन्। बलिङमा विविधता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमताका कारण उनी लखनउका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
धोनीद्वारा आईपीएलबाट सन्न्यास, अब चेन्नईको ‘टिम मेन्टर’

धोनीद्वारा आईपीएलबाट सन्न्यास, अब चेन्नईको ‘टिम मेन्टर’

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) का सफलतम कप्तान तथा दिग्गज क्रिकेटर महेन्द्र सिंह धोनीले आईपीएलको मैदानबाट सन्न्यास लिँदै नयाँ अध्याय सुरु गर्ने भएका छन् । चेन्नई सुपर किंग्स (सीएसके) ले ए...

#प्रिमियर-लिग #आईपीएल
Compare →
Ekantipur
1h ago
धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

सीएसकेले मंगलबार धोनी सन् २००८ देखि आबद्ध टोलीसँग आईपीएल २०२७ देखि नयाँ भूमिकामा जोडिने जानकारी दिएको छ।

#आईपीएल
Compare →

Related Stories

Business & Economy
Build #2612