Trending
Prev Story
Next Story

इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

Onlinekhabar •
November 17, 2026 • 11:01 AM
3
3 reads 0 reactions

१ मंसिर, काठमाडौं । विचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर …

इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

१ मंसिर, काठमाडौं । विचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । काठमाडौं जिल्ला अदालतले श्रेष्ठविरुद्ध इनम सापकोटाकै म्याद मिलान गर्दै ५ दिनको म्याद दिएको हो ।

श्रेष्ठ शनिबार पक्राउ परेकाले सोही मितिदेखि गणना गर्दा उनी बुधबारसम्म हिरासतमा बस्नेछन् । त्यसपछि बिहीबार फेरि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्ने हुन्छ ।

इनमसँग कनेक्सन देखिएका श्रेष्ठको सम्बद्ध कसुरलाई भने इनमकै सुरुवाती कसुरसँग जोडिएको छ ।

‘एउटा व्यक्तिको सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेकोमा त्यही व्यक्तिसँग जोडिएर कारोबार गरेको देखिएकाले प्रथम व्यक्तिकै कसुरलाई सम्बद्ध कसुरको रूपमा मानिन्छ,’ एक अनुसन्धान अघिकारीले भने ।

इनमलाई भने प्रहरीले राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई सम्बद्ध कसुरको रुपमा लिएको छ । अहिले म्याद लिइएका श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् ।

उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ प्रहरीले पक्राउ गरेको थियो । सापकोटा र इनमबीच कारोबार देखिएन केही चेकका फोटाहरू आदानप्रदान प्रदान भएको देखिएको स्रोतले बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास !

इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास !

काठमाडौं– बचौलिया इनम सापकोटासँग कनेक्सन देखिएका प्रधानमन्त्री वालेन्द्र शाह बालेनका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार (बेन)माथि कारबाहीबारे सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार पदाधि...

#इनम #कनेक्सन
Compare →
Nagarik News
23h ago
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटाको अनुसन्धान पारदर्शी नभएको बताएका छन् ।

#इनम
Compare →
Bizshala
5d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#सम्पत्ति
Compare →
Arthasansar
1w ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#सम्पत्ति
Compare →

Related Stories

Business & Economy
Build #2612