Trending
Prev Story
Next Story

अर्घाखाँचीको ठाडादह क्षेत्रमा भेटियो काँडे भ्याकुर

Onlinekhabar •
November 17, 2026 • 07:01 AM
2
2 reads 0 reactions

१ मंसिर, अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा भेटिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार, यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन …

अर्घाखाँचीको ठाडादह क्षेत्रमा भेटियो काँडे भ्याकुर

१ मंसिर, अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा भेटिएको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार, यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादह क्षेत्रमा यो चरा भेटिनुले अर्घाखाँचीको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराहरूको विविधता थप उजागर गरेको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने काँडे भ्याकुर ठाडादह क्षेत्रमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

अंग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुर नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ । नेपालमा मात्र पाइने यो चरा विश्वकै दृष्टिले पनि विशेष महत्व राख्ने प्रजातिमध्ये एक हो ।

काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बसोबास गर्ने लजालु स्वभावको चरा हो । झाडीभित्र लुकेर बस्ने यसको स्वभावका कारण यसलाई सहजै देख्न कठिन हुन्छ । त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति देखिनु पक्षी अध्ययन र जैविक विविधताको अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिन्छ ।

वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको विनाश र मानवीय गतिविधिले यस्ता चराको बासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा विशेष ध्यान दिनुपर्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी खड्काको भनाइ छ ।

ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनु केवल एउटा दुर्लभ चराको उपस्थितिको विषय मात्र नभई अर्घाखाँचीको प्राकृतिक सम्पदा र जैविक विविधताको पहिचानसँग जोडिएको विषय पनि हो। यसले जिल्लामा पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनालाई समेत थप उजागर गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
अर्घाखाँचीमा पनि देखियो ‘काँडे भ्याकुर’

अर्घाखाँचीमा पनि देखियो ‘काँडे भ्याकुर’

नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ।

#अर्घाखाँची #काँडे #भ्याकुर
Compare →
Ekantipur
1h ago
अर्घाखाँचीमा गाेठमा आगलागी हुँदा महिला घाइते

अर्घाखाँचीमा गाेठमा आगलागी हुँदा महिला घाइते

टिनकाे छानाे भएको कच्ची गाेठमा आगालागी हुँदा उनी घाइते भएकी हुन् । अर्घाखाँची अस्पताल उनको उपचार भइरहेको छ ।

#अर्घाखाँची
Compare →
Hamro Patro News
1w ago
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ। परम्परागत बाजाको गुञ्जन, आकर्षक भेषभूषा, सात ताल...

#अर्घाखाँची
Compare →

Related Stories

World News
Build #2612