सन्धिखर्क–गोरुसिंगे सडक खण्डको बसेरीमा कर्णाली प्रदेशको ०२–००१ ज ०७८५ नम्बरको ईभी हाइस ब्रेक फेल भएर आइतबार दुर्घटना भएको हो । उक्त गाडी अर्घाखाँचीबाट कपिलवस्तुतर्फ जाँदै गरेको थियो ।
अर्घाखाँची — शितगंगाको बसेरी जंगलमा चारवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको बसेरीमा कर्णाली प्रदेशको ०२–००१ ज ०७८५ नम्बरको ईभी हाइस ब्रेक फेल भएर आइतबार दुर्घटना भएको हो । उक्त गाडी अर्घाखाँचीबाट कपिलवस्तुतर्फ जाँदै गरेको थियो ।
इलाका प्रहरी कार्यालय ठाडाकी प्रमुख समीक्षा घिमिरेका अनुसार गाडी ब्रेक फेल भएर अनियन्त्रित भई अगाडिको कारमा ठोक्किएको थियो । त्यसपछि विपरीत दिशाबाट आउँदै गरेका गाडी एकआपसमा ठोक्किएका हुन् ।
उक्त ईभी गाडीले ठक्कर दिँदा लु १ ज ४१९४ नम्बरको कार, लुम्बिनी प्रदेश ०१–००१ ज ०६४६ नम्बरको गाडी र लु १ ज ३७४७ नम्बरको कार एकआपसमा ठोक्किएका घिमिरेले बताइन् । दुर्घटनामा लु १ ज ३७४७ नम्बरको गाडी पूर्ण रुपमा क्षति भएको छ ।