Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर : कसको थपियो, कसको घट्यो ?

Ekantipur •
November 15, 2026 • 12:32 PM
3
3 reads 0 reactions

प्रधानमन्त्रीको सचिवालयका पाँच जना सदस्यलाई सहसचिव सरहको सेवासुविधासहित विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसचिव सरहको सेवा सुविधासहित उपसंयोजक तोकिएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर : कसको थपियो, कसको घट्यो ?

प्रधानमन्त्रीको सचिवालयका पाँच जना सदस्यलाई सहसचिव सरहको सेवासुविधासहित विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसचिव सरहको सेवा सुविधासहित उपसंयोजक तोकिएको छ ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले सचिवालय सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । सहसचिव सरहका सचिवालय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

पाँच जनालाई विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसंयोजक तोकिएको छ । यसअघि भने संयोजक र उपसंयोजक तोकिएको थिएन ।

सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई विकास परियोजना हेर्ने जिम्मेवारी दिइएको थियो ।

सन्तोष गिरीलाई अन्तर निकाय समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई कार्यक्रम तथा भ्रमण संयोजकको जिम्मेवारी दिइएको थियो ।

विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । उनको सचिवालयमा बढुवा भएको हो । यसअघि उपसचिव सरहको सचिवालय सदस्यका रूपमा कार्यरत उनलाई सहसचिव सरहको सचिवालय सदस्य बनाएर संयोजकको जिम्मेवगारी दिइएको हो ।

दिपा दाहाललाई मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी तोकिएको छ । यसअघि प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारी पाएकी दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको हो । यसपटक अनुसन्धान विज्ञ कसैलाई तोकिएको छैन भने दाहाललाई पनि उक्त जिम्मेवारी दिइएको छैन ।

विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनले प्रधानमन्त्रीको सचिवालयमा सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका थिए ।

पाँच जनालाई उपसचिव सरहको सेवा सुविधा पाउने गरी विभिन्न क्षेत्रका उपसंयोजकको जिम्मेवारी तोकिएको छ । सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारी सामाजिक विकास समन्वय, प्रकृति ढकाल स्वास्थ्य समन्वय, विनय शाक्य संस्कृति तथा सम्पदा समन्वय र दिपकप्रसाद ओली नीति मस्यौदा अध्ययन उपसंयोजक बनेका छन् ।

यसअघि सूचना प्रविधि विज्ञका रूपमा सहसचिव सरहको सेवा सुविधा पाउने गरी नियुक्त गरिएका सचिवालय सदस्य माधव खनाललाई भने हटाइएको छ । उनको नाम प्रधानमन्त्रीको सचिवालय सदस्यको सूचीमा छैन ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार हालसम्मको कामको समीक्षा गरेर जिम्मेवारी हेरफेर गरिएको हो । 'प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएयताको सचिवालयका सदस्यहरूको पर्फर्मेन्सको आधारमा नयाँ जिम्मेवारी तोकिएको हो । यसमा ठूलो परिवर्तन छैन, केहीलाई जिम्मेवारी थपेर बढुवा गरिएको छ भने केहीलाई बढी भएको जिम्मेवारीबाट मुक्त गरिएको छ,' ती सदस्यले भने, 'सचिवालयमा कामका आधारमा जिम्मेवारी हेरफेर सामान्य हो ।'

प्रधानमन्त्रीको मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन) नै कायम छन् । उनी मन्त्री सहरको सल्लाहकार भए पनि अवैतनिक हुन् । राजनीतिक सल्लाहकारमा असिम शाह यथावत छन् । त्यस्तै, मन्त्री सरहकै स्वास्थ्य सल्लाहकारमा प्राडा जगदीशप्रसाद अग्रवाल कार्यरत छन् । उनी पनि अवैतनिक हुन् ।

राज्यमन्त्रीसरहको सल्लाहकारमा सुदीप ढकाल र विवेक मिश्र रहेका छन् । उनीहरू क्रमशः नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्‍चार प्रविधि सल्लाहकार हुन् । प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र स्वकीय सचिवमा नवीन भण्डारी यथावत छन् ।

चार जनालाई सचिवालयमा अधिकृत सरहको पदमा राखिएको छ । जसमा सुरेन्द्र बजगाईं प्रेस सहजकर्ता, रोशन तामाङ ग्राफिक्स डिजाइनर, बेदानन्द जोशी मिडिया व्यवस्थापन र हेमनारायण चौधरीलाई कृषि क्षेत्र समन्वयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा नायब सुब्बा सरहको जिम्मेवारीमा अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की रहेका छन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार प्रधानमन्त्रीले सचिवालयमा ४८ जनासम्म नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ । तर हाल प्रधानमन्त्री शाहको सचिवालयमा २६ जना मात्र कार्यरत छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
10m ago
प्रधानमन्त्रीको सचिवालयमा सरकारी मामिला समन्वय संयोजकको जिम्मा अधिकारीलाई

प्रधानमन्त्रीको सचिवालयमा सरकारी मामिला समन्वय संयोजकको जिम्मा अधिकारीलाई

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी विशाल अधिकारीले पाएका छन्। यसअघि स्वकीय उपसचिव रहेका उनले अहिले सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी पाएका हुन्।

#जिम्मेवारी #संयोजक #प्रधानमन्त्रीको
Compare →
Nagarik News
56m ago
प्रधानमन्त्रीका विज्ञ सल्लाहकारहरू संयोजक र उपसंयोजकमा सीमित

प्रधानमन्त्रीका विज्ञ सल्लाहकारहरू संयोजक र उपसंयोजकमा सीमित

यसअघि विज्ञका रूपमा नियुक्त गरिएका व्यक्तिहरूलाई अब संयोजक तथा उपसंयोजकको जिम्मेवारी दिइएको छ।

#जिम्मेवारी #संयोजक
Compare →
Arthasansar
1d ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#जिम्मेवारी
Compare →
Hamro Patro News
2d ago
प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गरिएका कार्कीले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरु"द्ध सर्वोच्च अदालतमा रि"ट दायर गरेका छन्। सरकारले उनको कार्यकक्षसमेत तय...

#प्रधानमन्त्रीको #जिम्मेवारी
Compare →

Related Stories

Politics & Governance
Build #2612