Trending
Prev Story
Next Story

विवाहको बदलिँदो मापदण्ड

Hamro Patro News •
November 17, 2026 • 02:53 AM
2
2 reads 0 reactions

विवाह दुई व्यक्तिबिच सम्बन्ध गाँसिने औपचारिक प्रक्रिया मात्र होइन, सुखदुःखमा एकअर्काको सहारा बन्ने र साझा भविष्य निर्माण गर्ने जीवनभरको प्रतिबद्धता हो । यसका लागि विश्वास, इमानदार, समझदारी र जिम्मे...

1 / 2
Swipe Photos

विवाह दुई व्यक्तिबिच सम्बन्ध गाँसिने औपचारिक प्रक्रिया मात्र होइन, सुखदुःखमा एकअर्काको सहारा बन्ने र साझा भविष्य निर्माण गर्ने जीवनभरको प्रतिबद्धता हो । यसका लागि विश्वास, इमानदार, समझदारी र जिम्मेवारी सबैभन्दा महत्वपूर्ण आधार हुन् तर पछिल्लो समय जीवनसाथी छनोट गर्दा यस्ता मानवीय गुणभन्दा विदेशको बसोबास अनुमति, आर्थिक हैसियत र सामाजिक प्रतिष्ठालाई प्राथमिकता दिन थालिएको देखिन्छ । सम्बन्धको आत्मीयताभन्दा अवसरको आकर्षण बलियो हुँदै गएको यो प्रवृत्तिले विवाहको वास्तविक उद्देश्यलाई नै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

अमेरिकामा बसोबास गर्दै आएकी नेपालीमूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणले वैवाहिक सम्बन्धभित्रको विश्वास, सुरक्षा र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ । आफ्नै श्रीमान्बाट भएको अमानवीय र निर्मम हत्याले दुई परिवारको जीवन उजाडेको छ । सन् २०२६ नोभेम्बर १० मा अमेरिकाको भर्जिनिया राज्यस्थित अदालतमा बसेको जुरीले उनका श्रीमान् नरेश भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने र शव विकृत पार्ने तीन वटै अभियोगमा दोषी ठहर गरेको छ । ममताको शव अझै फेला परेको छैन र सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ को मिति तोकिएको छ । यस घटनालाई विदेशमा बस्ने व्यक्तिसँग विवाह गर्नुको परिणामका रूपमा बुझ्नु गलत हुन्छ । कुनै एक व्यक्तिको अपराधलाई विदेशमा बस्ने सम्पूर्ण नेपालीसँग जोडेर हेर्न पनि मिल्दैन । तथापि, यसले विवाहअघि जीवनसाथीको वास्तविक व्यक्तित्व बुझ्ने, सम्बन्धको आधार पहिचान गर्ने र वैवाहिक जीवनप्रतिको हाम्रो दृष्टिकोणमाथि पुनर्विचार गर्नै पर्छ भन्नेतर्फ सचेत गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
2d ago
विश्वभर चर्चा कमाइरहेको एउटा शाही विवाहः १० बिघाको पण्डाल, ४ लाख अतिथि, १५० परिकार र घोडदौड !

विश्वभर चर्चा कमाइरहेको एउटा शाही विवाहः १० बिघाको पण्डाल, ४ लाख अतिथि, १५० परिकार र घोडदौड !

काठमाण्डौ । बिहारका मोकामा क्षेत्रका प्रसिद्ध बाहुबली विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह २५ नोभेम्बर २०२६...

#विवाह
Compare →
Ekantipur
4d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

#सम्बन्ध #विवाह
Compare →
Nagarik News
2w ago
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले गरे निधि राजदानसँग विवाह

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले गरे निधि राजदानसँग विवाह

उमरले शनिबार सामाजिक सञ्जालमा निधिसँगका दुई तस्बिर सार्वजनिक गर्दै ‘हिजो नयाँ सुरुवात भयो, निधि’ लेखेका छन्। पोस्टमा उनले औँठीको इमोजीसमेत राखेका छन्।

#विवाह
Compare →

Related Stories

Technology
Build #2612