Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहको भारत भ्रमणमा के–के हुँदैछ ?

Ekantipur •
November 17, 2026 • 03:02 AM
2
2 reads 0 reactions

प्रधानमन्त्रीको भ्रमणमा दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा के–के हुँदैछ ?

प्रधानमन्त्रीको भ्रमणमा दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको छ ।

काठमाडौँ — भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीमा आधा घण्टा एक्लाएक्लै वार्ता हुने भएको छ । प्रधानमन्त्रीको भ्रमणमा दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारी प्राथमिकतामा राखिएको छ । भारतीय समकक्षी मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही ६–७ मंसिरमा भारत भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । ‘भेटमा प्रधानमन्त्री शाहको भ्रमण तालिका, सम्भावित कार्यसूची र समझदारी हुनसक्ने विषयबारे छलफल भएको छ,’ परराष्ट्रका एक वरिष्ठ अधिकारीले भने । भ्रमणको तयारी अवस्था बुझ्न परराष्ट्र मन्त्रालय र सुरक्षा निकायका अधिकारी सम्मिलित टोली यसै साता नयाँदिल्ली जानेछ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने भ्रमणको तयारीमा संलग्न अधिकारीहरूले जनाएका छन् । त्यस वार्तामा प्रस्तावित आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको भ्रमणबारे जानकार परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

वार्तामा प्रस्तावित आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको भ्रमणबारे जानकार परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । भ्रमणमा भारतीय आकाश हुँदै महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने नेपालको लामो समयदेखिको मागमा प्रगति हुन सक्ने परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन क्षेत्रका दुई अधिकारीले द काठमान्डु पोस्टलाई बताए । नेपालले वर्षौंदेखि भारतसँग यी हवाईमार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ ।

यो विशेषगरी ‘कार्यमूलक राजकीय भ्रमण’ भएकाले प्रधानमन्त्री शाहले भारतका अन्य सहरको भ्रमण गर्ने कार्यक्रम तय गरिएको छैन । ‘भारतीय पक्षले प्रधानमन्त्री शाहलाई भारतका विभिन्न क्षेत्रको विकास देखाउन बेंगलुरु वा अहमदाबाद लैजाने प्रस्ताव गरेको थियो । तर, प्रधानमन्त्रीले राजधानीबाहिर जाने चासो देखाउनुभएन,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक वरिष्ठ अधिकारीले द काठमान्डु पोस्टलाई बताए ।

शाहको दुईदिने भ्रमण यसअघिका नेपाली प्रधानमन्त्रीहरूको भारत भ्रमणको तुलनामा छोटो हुनेछ । केपी शर्मा ओलीले सन् २०१६ र २०१८ मा दुई पटक भारतको राजकीय भ्रमण गरेका थिए । त्यसैगरी पुष्पकमल दाहालले सन् २०१६ र शेरबहादुर देउवाले सन् २०१७ मा भारतको राजकीय भ्रमण गरेका थिए । ७ मंसिरमा हुने वार्ताका क्रममा भारतले नेपालको आग्रहअनुसार आर्थिक प्याकेज घोषणा गर्ने, भारतको सहयोगमा निर्माण हुने केही नयाँ आयोजना शिलान्यास गर्ने र सम्पन्न भएका केही आयोजना उद्घाटन गर्ने अपेक्षा गरिएको छ ।

‘अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा पुल र भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) को उद्घाटन प्रमुख रूपमा कार्यक्रममा समेटिने अपेक्षा गरिएको छ,’ परराष्ट्रका एक अधिकारीले भने । प्रधानमन्त्री शाहले भ्रमणको आर्थिक पक्षलाई प्राथमिकता दिने गरी ७ मंसिरको बिहान नेपाल र भारतका उद्योगी तथा व्यवसायीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

भ्रमणमा हवाई सम्पर्क सबैभन्दा महत्त्वपूर्ण विषय हो । नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतलाई पटक–पटक आग्रह गर्दै आएको छ । भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै थप हवाईमार्ग उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । तर, पछिल्लो समय महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने प्रस्तावप्रति भारत सकारात्मक देखिएको नेपाली अधिकारीहरूले बताएका छन् ।

भ्रमणमा यस विषयमा समझदारी हुन सक्ने भए पनि प्राविधिक पक्षमा छलफल जारी रहेको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार महेन्द्रनगरको हवाईमार्ग प्रयोग गर्दा विमान भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने हुन्छ । भैरहवाको प्रस्तावित मार्ग भने कम उचाइबाट प्रवेश गर्न मिल्ने भएकाले सामान्य उडान तथा अवतरणका लागि बढी उपयुक्त हुनेछ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल सम्मिलित नेपाली टोली हवाईमार्गका विषयमा छलफल गर्न नयाँदिल्ली पुगेको थियो । पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार उक्त बैठकमा महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने भारतको सम्भावित निर्णयबारे छलफल भएको थियो ।

‘भारतले रक्सौलमा विमानस्थल निर्माण गरिरहेको छ र हाम्रो हवाई क्षेत्र प्रयोग गर्न चाहेको छ । तर, हामीले प्राविधिक विवरण पठाउन आग्रह गर्दै तत्कालका लागि अस्वीकार गरेका छौं । पश्चिम बंगालस्थित बागडोगराका लागि भने भारतले थोरै नेपाली हवाई क्षेत्र प्रयोग गर्ने भएकाले हामी सकारात्मक छौं । महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको छ,’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार नेपाल र भारतबीच यो विषयलाई छुट्टै प्याकेजका रूपमा अघि बढाउने तयारी छ ।

पर्यटनमन्त्री खडकराज पौडेल मंगलबार भारत जाने कार्यक्रम छ । उनको भ्रमणमा दुई देशबीच हवाईमार्गसम्बन्धी वार्तालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ । बाँकी प्राविधिक विषय टुंग्याउन दुवै देशका वरिष्ठ नागरिक उड्डयन अधिकारीबीच भर्चुअल छलफलसमेत हुनेछ ।

प्रधानमन्त्री शाहको भ्रमणमा दुई देशबीच लामो समयदेखि विवादित रहेका विषयमा भने ठोस प्रगति हुने सम्भावना न्यून छ । सीमा विवाद, भारतसँग नेपालको बढ्दो व्यापार घाटा, व्यापार तथा पारवहन व्यवस्था, सन् २०२० देखि रोकिएको भारतीय सेनामा नेपाली नागरिकको भर्ती र लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायतमा थप प्रगति हुने सम्भावना कम छ ।

नेपालले भारतसँग करिब २ अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन पनि आग्रह गर्दै आएको छ । त्यस्तै नेपाल र भारतका तीन सहरबीच सिधा हवाई सम्पर्क, सीमापार पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण र विस्तार तथा धार्मिक र पर्यटकीय सर्किट विकासका विषय पनि नेपालको प्रस्तावमा छन् ।

भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरू भारतीय व्यवस्थापन संस्थान (आईआईएम) र भारतीय प्रविधि संस्थान (आईआईटी) का शाखा नेपालमा स्थापना गर्ने प्रस्ताव पनि नेपालले अघि सारेको छ । यसका अतिरिक्त नेपाली खेलकुद, विशेषगरी क्रिकेटका लागि प्राविधिक तथा लजिस्टिक सहयोग र एआई क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव पनि छन् । अधिकारीहरूका अनुसार यीमध्ये केही प्रस्तावमा दुई पक्षबीच छलफल भइरहेको छ । तर, भ्रमणका क्रममा कुन विषयमा कस्तो र कति परिमाणको सहयोग घोषणा हुने भन्ने टुंगो लागिसकेको छैन ।

यसैबीच भारतले नेपालको जलविद्युत् क्षेत्रमा आफ्नो संलग्नता थप विस्तार गर्न चाहेको छ । भारतको सरकारी कम्पनी एनएचपीसी संलग्न आयोजनासहित नेपालमा अघि बढिरहेका आफ्ना केही परियोजनामा देखिएका अवरोध हटोस् भन्ने भारतको चाहना रहेको अधिकारीहरूले बताएका छन् । ऊर्जा व्यापार पनि छलफलको अर्को महत्त्वपूर्ण विषय हो । नेपालले भारतमा वार्षिक १ हजार ६ सय ५० मेगावाटभन्दा बढी विद्युत् बिक्री गर्ने अनुमति विस्तार गर्न चाहेको छ । त्यस्तै हाल बंगलादेशमा निर्यात भइरहेको ४० मेगावाट विद्युत्को परिमाण बढाउने विषय पनि नेपालको प्राथमिकतामा छ । यसका साथै विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, भारतको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्नेलगायत विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्री वालेन्द्र शाह दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नु एक साताअघि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एउटा टोली उत्तरी छिमेकी चीनको १० दिने ...

#भ्रमण #शाह #भारत
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री शाहलाई एमाले नेताको सुझाव : भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउनु होला

प्रधानमन्त्री शाहलाई एमाले नेताको सुझाव : भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउनु होला

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालका राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

#भ्रमण #भारत #शाह
Compare →
Onlinekhabar
15h ago
प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच हवाई रुट र एयरस्पेस प्रयोग विषय दशकौंदेखि जटिल छ । अर्कातर्फ, हरेक उच्चस्तरीय भ्रमणमा यी विषय छलफलको एजेन्डा बन्छन् । तर, ठोस सहमति र कार्यान्वयन भने हुँदैन । यसले …

#भ्रमण #भारत
Compare →
Bizshala
16h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#भ्रमण #भारत
Compare →
Arthasansar
18h ago
आईसीसीको अध्यक्षमा  दोस्रो कार्यकालका लागि जय शाह निर्विरोध नियुक्त

आईसीसीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जय शाह निर्विरोध नियुक्त

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष पदमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा सम्पन्न...

#शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612