भ्रमणका क्रममा आर्थिक प्याकेज र हवाई रुटलगायतका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको भारतीय आकाश हुँदै हवाई रुट उपलब्ध गराउने विषयसहित विभिन्न मुद्दामा सहमति जुट्ने अपेक्षा गरिएको छ ।
पछिल्लो भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डल मंसिर ६ मा दिल्ली पुग्नेछन् र भ्रमण पूरा गरेर भोलिपल्ट स्वदेश फर्कनेछन् । भ्रमणबारे जानकार एक अधिकारीका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शाह र मोदीबीच आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ ।
यसअघि केपी शर्मा ओलीले सन् २०१६ र २०१८ मा दुईपटक भारतको राजकीय भ्रमण गरेका थिए । त्यसैगरी पुष्पकमल दाहाल र शेरबहादुर देउवाले क्रमशः सन् २०१६ र २०१७ मा एक–एकपटक राजकीय भ्रमण गरेका थिए ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।