वर्षौंको प्रतीक्षापछि सुन्सेरामा बस पुगेपछि स्थानीयमा खुसी छाएको छ ।
काठमाडौँ — वर्षौँदेखि सडक र यातायातको सहज पहुँचको प्रतीक्षामा रहेका दार्चुलाको व्यासवासीका लागि आजको दिन विशेष बनेको छ । भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पहिलोपटक बस पुगेपछि स्थानीयवासी खुसीले गद्गद् भए । उनीहरूले बसको भव्य स्वागत गरे । विकट पहाडमा बस पुग्नु उनीहरूका लागि केवल यातायातको साधन पुग्नु मात्र होइन, वर्षौँदेखिको प्रतीक्षा र आशा पूरा हुनु पनि हो ।