Trending
Prev Story
Next Story

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन

Ekantipur •
October 22, 2026 • 06:00 PM
1
1 reads 0 reactions

बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ ।

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन

बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ ।

नेपालगन्ज — बाँकेमा बडादसैँका लागि जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमा गराई राप्ती नदी तथा मानखोलामा विसर्जन गरिएको छ।

नवरात्रभरि बाँके जिल्लाका विभिन्न स्थानमा स्थापना गरी पूजा गरिएका नवदुर्गाका मूर्तिहरू राप्ती नदी तथा मानखोलामा विसर्जन गरिएका हुन्। मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

बाँकेको कम्दीघाटस्थित राप्ती नदीमा दसैँका अवसरमा स्थापना गरिएका करिब चार सयभन्दा बढी मूर्ति विसर्जन गरिएको हो। कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएका मूर्ति मानखोलामा विसर्जन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा स्थापना गरिएका करिब चार सय दुर्गा भगवतीका मूर्ति शान्तिपूर्वक विसर्जन गरिएको जानकारी दिए। उनका अनुसार कोहलपुर, बैजनाथ, खजुरा, नेपालगन्ज, जानकी, डुडुवा, राप्तीसोनारी र नरैनापुरमा स्थापना गरिएका मूर्ति शान्तिपूर्वक विसर्जन गरिएको हो।

उनले मूर्ति विसर्जनका लागि सुरक्षा प्रबन्ध मिलाउन एक हजार पाँच सय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए। मूर्ति विसर्जनका क्रममा कुनै पनि अवरोध वा अप्रिय घटना हुन नदिन पूर्ण तयारीका साथ सुरक्षाकर्मी तैनाथ गरिएको उनले बताए।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित …

#राप्ती #नदीमा
Compare →
Nagarik News
6d ago
बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल बन्ने

बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल बन्ने

बाँकेको राप्ती सोनारी-१ कुसुमस्थित खोकरीमा रहेको हुलाकी सडकको निर्माण स्थल। तस्बिर : नागरिक

#बाँके #राप्ती
Compare →
Hamro Patro News
9h ago
हेटौँडामा छठको तयारी अन्तिम चरणमा, राप्ती किनारमा ६५ वटा पण्डाल निर्माण

हेटौँडामा छठको तयारी अन्तिम चरणमा, राप्ती किनारमा ६५ वटा पण्डाल निर्माण

काठमाडौँ । हेटौँडामा छठ पर्व मनाउन राप्ती नदी किनारमा धमाधम तयारी भइरहेको छ । तराई–मधेसससहित देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वका लागि हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटलाई सि...

#राप्ती
Compare →

Related Stories

National (Nepal)
Build #2611