फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगन्ज — बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी भएको छ ।
बिहीबार दिउँसो करिब १ः३० बजे फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्याङ्कीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए। नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको राठौरले जानकारी दिए।
उनका अनुसार आगलागीबाट करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली खटिएको थियो।
रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।