सिमरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार विधि र प्रक्रियाभन्दा बाहिर गएर मनोमानी ढंगले सञ्चालन भइरहेको आरोप लगाएका छन्। बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै उनले सरकारका निर्णयहरू सनक र लहडका आधारमा भइरहेको टिप्पणी गरेका हुन्।
सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ कि छैन भन्ने प्रश्न उठाउँदै थापाले भने, ‘यो सरकारले ढंगले काम गरिरहेको छ? विधिमा काम गरिरहेको छ? छैन, यो सरकार सनकका भरमा चलिरहेको छ। लहडका भरमा चलेको छ। सनक चलेकै भरमा निर्णय भइरहेको छ।’
Read full story at source ( reportersnepal.com )