काठमाडौं– गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता तथा मानवताको सन्देशलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गान्धी-मण्डेला फाउण्डेसन’ को नेपाल च्याप्टर औपचारिक रूपमा स्थापना गरिएको छ ।
संस्थागत संरचना निर्माणमा मात्र सीमित नभई गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाले विश्व समुदायलाई दिनुभएको शान्ति, अहिंसा, समानता, स्वतन्त्रता, न्याय र मानव मर्यादाको दर्शनलाई नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच जोड्ने अभियानका रूपमा यसलाई अघि बढाइने नेपाल प्रतिनिधि टायम कट्टेलले बताए । उनका अनुसार इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।
Read full story at source ( kalakarmi.com )