Trending
Prev Story
Next Story

ब्रूकको दोहोरो शतक छायाँमा पार्दै श्रीलंकाको कीर्तिमानी जित

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

५ कात्तिक, काठमाडौं । ह्यारी ब्रूकले एकदिवसीय क्रिकेटकै कीर्तिमानी दोहोरो शतक बनाए पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। रावलपिण्डीमा बिहीबार श्रीलंकाले ४३० रनको लक्ष्य दुई विकेटले पूरा गर्दै एकदिवसीय क्रिकेटमा दोस्रो ठूलो सफल रन चेज …

ब्रूकको दोहोरो शतक छायाँमा पार्दै श्रीलंकाको कीर्तिमानी जित

५ कात्तिक, काठमाडौं । ह्यारी ब्रूकले एकदिवसीय क्रिकेटकै कीर्तिमानी दोहोरो शतक बनाए पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। रावलपिण्डीमा बिहीबार श्रीलंकाले ४३० रनको लक्ष्य दुई विकेटले पूरा गर्दै एकदिवसीय क्रिकेटमा दोस्रो ठूलो सफल रन चेज गरेको हो। श्रीलंकाका लागि यो कीर्तिमानी रन चेज हो।

इंग्ल्यान्डले ब्रूकको २०२ रनको मद्दतमा ५० ओभरमा ४ विकेटको क्षतिमा ४२९ रन बनाएको थियो। ब्रूकले ११४ बलमा दोहोरो शतक पूरा गर्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान राखेका थिए। उनको ऐतिहासिक इनिङ्सका बाबजुद इंग्ल्यान्डले जित निकाल्न सकेन।

श्रीलंकाको सुरुवात भने राम्रो हुन सकेन। टोली २४ रनमा दुई विकेट गुमाएर दबाबमा परेको थियो। त्यसपछि पवन रत्नायकेले १३० रन बनाउँदै इनिङ्स सम्हाले। अविष्का फर्नान्डो र दसुन शनकाले समान ९७ रन जोडे। जनिथ लियानागेले २७ बलमा अविजित ६२ रन बनाएपछि श्रीलंकाले लक्ष्य पूरा गर्‍यो।

अन्तिम ओभरमा श्रीलंकालाई आठ रन चाहिएको थियो। जोश टङ्गको पहिलो बलमा लियानागेले एक रन लिए। त्यसपछि दुनिथ वेलालगे र इशान मलिङ्गा लगातार बलमा बोल्ड भए।

असिथा फर्नान्डोले अर्को बलमा एक रन लिएपछि श्रीलंकालाई दुई बलमा ६ रन आवश्यक भयो। लियानागेले पाँचौं बलमा छक्का प्रहार गर्दै टोलीलाई अविस्मरणीय जित दिलाए।

एकदिवसीय क्रिकेटमा यसअघि दक्षिण अफ्रिकाले सन् २००६ मा अस्ट्रेलियाविरुद्ध ४३६ रनको लक्ष्य पूरा गरेको थियो। त्यो कीर्तिमान अझै कायम छ।

श्रीलंकाको ४३० रनको चेज दोस्रो ठूलो सफल रन चेज बनेको छ। यसअघि केही साताअघि भारतले वेस्ट इन्डिजविरुद्ध ४०५ रनको लक्ष्य पछ्याउँदै जित निकालेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
10h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#श्रीलंका
Compare →
Hamro Patro News
3d ago
एनपीएलका तीन वटै सिजनमा पोखराको शतक

एनपीएलका तीन वटै सिजनमा पोखराको शतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो शतक प्रहार गर्ने खेलाडी पोखरा एभेन्जर्सका युवराज शर्मा भएका छन् । उनले सोमबार कर्णाली याक्सविरुद्धको खेलमा शतक प्रहार गरे । यो एनपीए...

#शतक
Compare →
Ekantipur
4d ago
सामराको शतकमा पोखराद्वारा कर्णालीमाथि सानदार विजय

सामराको शतकमा पोखराद्वारा कर्णालीमाथि सानदार विजय

पहिलो चार खेलमै पराजित पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्‍यो ।

#शतक
Compare →
Nagarik News
4d ago
कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।

#शतक
Compare →

Related Stories

Education & Youth
Build #2611