Trending
Prev Story
Next Story

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

Nagarik News •
November 09, 2026 • 08:04 AM
1
1 reads 0 reactions

खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध विस्फोटक शतक प्रहार गरेका छन्। मार्की खेलाडी कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेपछि पोखराले बलियो ब्याटिङ प्रदर्शन गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भइरहेको खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरेका हुन्।

सम्रा यस सिजन एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। उनी एनपीएलमा पोखरा एभेन्जर्सका लागि शतक प्रहार गर्ने तेस्रो तथा समग्रमा चौथो खेलाडीसमेत बनेका छन्।

यसअघि एनपीएलको पहिलो सिजनमा पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए। दोस्रो सिजनमा एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध नै शतक बनाएका थिए।

यस सिजन पोखराका लागि कुनै पनि खेलाडीले बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो। यसअघि पोखराका कुनै पनि खेलाडीले अर्धशतकसमेत बनाउन सकेका थिएनन्।

सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए। हसन सस्तैमा आउट भएपछि सम्राले वान डाउनमा आएका कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै पोखराको इनिङ्सलाई मजबुत आधार दिएका थिए।

यसैबीच, पोखराका मार्की खेलाडी भुर्तेलले पनि कर्णालीविरुद्ध अर्धशतक प्रहार गरेका छन्। वान डाउनमा ब्याटिङ गर्न आएका उनले २८ बलमा ६ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।

सम्रा र भुर्तेलको आक्रामक ब्याटिङसँगै दोस्रो विकेटका लागि बनेको शतकीय साझेदारीले पोखरालाई बलियो अवस्थामा पुर्‍याएको छ। यसअघि यस सिजन अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोखराले कर्णालीविरुद्ध भने आफ्ना प्रमुख ब्याटरको उत्कृष्ट प्रदर्शनसँगै दमदार पुनरागमनको संकेत दिएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १३:४९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
पोखरापछि काठमान्डुविरुद्ध पनि दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

पोखरापछि काठमान्डुविरुद्ध पनि दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार जारी काठमान्डु गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैद...

#एनपीएल #पोखरा #अर्धशतक
Compare →
Onlinekhabar
6h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →
Arthasansar
10h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#एनपीएल #अर्धशतक
Compare →
Ekantipur
11h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #अर्धशतक
Compare →

Related Stories

Sports
Build #2611