Trending
Prev Story
Next Story

सामराको शतकमा पोखराद्वारा कर्णालीमाथि सानदार विजय

Ekantipur •
November 09, 2026 • 11:01 AM
1
1 reads 0 reactions

पहिलो चार खेलमै पराजित पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्‍यो ।

सामराको शतकमा पोखराद्वारा कर्णालीमाथि सानदार विजय

पहिलो चार खेलमै पराजित पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्‍यो ।

काठमाडौँ — क्यानेडियन ओपनर युवराज सामराको आक्रामक शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । पहिलो चार खेलमै पराजित पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्‍यो ।

सामराले ४८ बलमा १ सय २ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १७ रन बनाएको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जवाफमा आएको कर्णाली १८.३ ओभरमा १ सय ५४ रनमा अलआउट भयो ।

व्यक्तिगत शतक र कुनै पनि टोलीले २ सय रनको स्कोरलाई छोएको दुवै यस सिजनमा पहिलो थियो । एनपीएल इतिहासकै भने यो चौथो शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ । व्यक्तिगत खेलाडीले शतक बनाएको खेलमा पोखराले हारेको थिएन, र त्यसैलाई पोखराले कर्णालीविरुद्धको खेलमा पनि निरन्तरता दिएको छ ।

२०२४ मा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । लुम्बिनी लायन्सविरुद्धको सो खेलमा उनले अविजित १ सय ४ रन बनाएका थिए । पोखराकै एडम रोसिङटनले गत वर्ष कर्णालीविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ रन बनाएका थिए ।

गत वर्ष नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो  । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए ।

सामराले ४८ बल खेली १० चौका र ६ छक्का प्रहार गरी मार्क वाटको बलमा आउट भए । माहेदी हसन १६ बल खेलि ५ रनमै आउट भएको अवस्थामा सामरा र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ६८ बलमा १ सय ३६ रनको साझेदारी गरे । कुशलले ३९ बल खेली ७ चौका प्रहार गर्दै ६२ रन बनाए ।

कप्तान चामिका करुणारत्ने ११ बल खेलि समान ३ चौका र छक्का प्रहार गरी ३५ रनमा अविजित रहे । सन्नी विक ६ बलमा ३ रनमा अविजित रहे । कर्णालीका सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ र वाटले १ विकेट लिए ।

फितलो ब्याटिङपछि कर्णालीले लगातार तेस्रो हार बेहोरेको हो । पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । उनले ३१ बल खेलि १ चौका र २ छक्का प्रहार गरे ।

ओपनर जिसन आलम शुन्यमै आउट भए । अर्का ओपनर आरिफुल इस्लामले १३ बल खेली समान २ चौका र छक्का प्रहार गर्दै २४ रन बनाए । मार्क वाट १४ बल खेली १ छक्का प्रहार गरी ८ रनमा आउट भए ।

दीपके डुम्रेले ७ बलमै २२ रन बनाए । सोक्रममा उनले १ चौका र ३ छक्का प्रहार गरे । कर्णालीको सबै आशा दीपक डुम्रेमा थियो । तर उनी ९ बलमा ७ रन बनाई माहेदी हसनको बलमा आउट भए । गुलशन झाले २ रनमात्र बनाउन सके ।

कर्णालीका कप्तान सोमपाल दुर्लभ ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट भए । खेलको १५ औं ओभरमा विपिन खत्रीको बलमा ठुलो शट प्रहार गर्न खोजेको थिए । तर बल उनको ब्याटमा लागेर उनकै अगाडी झरेको थियो । त्यही मौकामा निराश सोमपालले पुनः ब्याट घुमाउदा बलमा लागेको थियो । पोखराका फिल्डरहरुले त्यसमा अपिल गरेका थिए । अनफिल्ड अम्पायरले त्यसमा थर्ड अम्पायरको सहायतामा सोमपाललाई आउट दिएको थियो । सोमपालले १९ बल खेली १ चौकासहित २१ रन बनाए ।

नन्दन यादव ३ र सूर्य तामाङ ८ बल खेली १ छक्का प्रहार गर्दै १३ रनमा आउट भए । युवराज खत्री १ रनमा अविजित रहे । पोखराका माहेदी हसनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । धनञ्जय लक्षणले ४ ओभरमा २४, कशुलले ४ ओभरमा ३९ र विपिनले ३.३ ओभरमा ३९ रन खर्चेर २–२ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
एनपीएलमा कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश

एनपीएलमा कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले परा...

#पराजित #कर्णाली
Compare →

Related Stories

Sports
Build #2611