Trending
Prev Story
Next Story

बक्स अफिस : कछुवाको गतिमा ‘कबड्डी’को कमाइ, एक हप्तामा ५४ लाख मात्र

Onlinekhabar •
November 16, 2026 • 08:00 AM
4
4 reads 0 reactions

‘रामायण’ले सिनेमा घरहरू हराभरा भइरहँदा नेपाली फिल्महरूको भने कारोबार ह्वात्तै घटेको  छ । दसैं र तिहारको मौका छोपेर प्रदर्शनमा आएका आधा दर्जनभन्दा बढी नेपाली फिल्मको व्यापार कछुवाको गतिमा छ । जस्तो, ‘कबड्डी ५- आफ्टर द फाइनल …

बक्स अफिस : कछुवाको गतिमा ‘कबड्डी’को कमाइ, एक हप्तामा ५४ लाख मात्र

‘रामायण’ले सिनेमा घरहरू हराभरा भइरहँदा नेपाली फिल्महरूको भने कारोबार ह्वात्तै घटेको  छ । दसैं र तिहारको मौका छोपेर प्रदर्शनमा आएका आधा दर्जनभन्दा बढी नेपाली फिल्मको व्यापार कछुवाको गतिमा छ ।

जस्तो, ‘कबड्डी ५- आफ्टर द फाइनल म्याच’को कुरा गरौँ । यो फिल्मले सुरुवाती हप्ता तहल्कै मच्चाएको थियो । आक्रामक सुरुवात गर्दै उसले पहिलो हप्ता १० करोड रुपैयाँ कमाएको थियो । दोस्रो हप्तासम्म आइपुग्दा उसले १२ करोड ३९ लाख ९२ हजार २ सय ४५ रुपैयाँ कमाइ गरेको थियो ।

त्यसयताको एक हप्तामा उसको कमाइ सर्लक्कै खुम्चिएको छ । तेस्रो हप्तामा फिल्मले १२ करोड ९४ लाख १५ हजार ४ सय ३७ रुपैयाँ कमाएको छ ।

यद्यपि, नेपाली फिल्महरूको लस्करमा ‘कबड्डी’ नै अग्रपंक्तिमा छ । त्यसको पछाडि ‘पेन्सन पट्टा’ छ । माओत्से गुरुङ निर्देशित फिल्मले १० करोड ३५ लाख ७८ हजार रुपैयाँ कमाइ गरेको छ ।

त्यसपछि पालो आएको छ पुच्छरमा ‘२’ झुन्डिएका सिक्वेलहरूको । ‘आ बाट आमा’, ‘छ माया छपक्कै’ र ‘१२ गाउँ’का सिक्वेल ।

‘आ बाट आमा–२’ ले ६ करोड ८१ लाख ६७ हजारभन्दा बढी कमाइ गर्दा ‘छ माया छपक्कै–२’ ले ३ करोड ४३ लाख १७ हजार कमाएको छ । यस्तै, ‘१२ गाउँ–२’ ले २ करोड ३२ लाखभन्दा बढी कमाइ गरेको छ । यो शृंखलाको पुच्छरमा ‘पाँच पाण्डव’ छ । यो फिल्मले ४३ लाख ५० हजार रुपैयाँ बढी कमाई गरेको छ । अनेक लफडा खेप्दै प्रदर्शनमा आएको यो फिल्मले १२ हजार २ सय ९४ वटा टिकट बिक्री गरेको छ ।

११ दिनमा ‘रामायण’को कमाइ १४ सय करोड

यसैगरी, बलिउड फिल्म ‘रामायण’को कमाइ पनि सार्वजनिक भएको छ । फिल्म प्रदर्शनको ११ दिनसम्म आइपुग्दा १४ सय करोड रुपैयाँ कमाइ गरेको छ । फिल्मको पहिलो सप्ताहन्तको तुलनामा दोस्रो सप्ताहन्तको व्यापार १८.९१ प्रतिशतले बढेको बताइन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
‘कबड्डी ५’ को बक्स अफिसमा १० करोड पार, ‘आ बाट आमा २’ ले कमायो ६ करोडभन्दा बढी

‘कबड्डी ५’ को बक्स अफिसमा १० करोड पार, ‘आ बाट आमा २’ ले कमायो ६ करोडभन्दा बढी

काठमाडौं– बढादशैँको अवसर पारेर दुई साताअघि प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘कबड्डी ५’ ले बक्स अफिसमा शानदार व्यापार गरेको छ । प्रदर्शनको १५ दिनमै फिल्मले १० करोड ७६ लाख ७३ हजार भन्दा बढी ग्रस कले...

#फिल्म #कबड्डी #बक्स
Compare →
Ekantipur
2h ago
दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

अन्य सिक्वेलहरूको व्यापार कमजोर देखिएको समयमा दयाहाङका दुवै फिल्मले राम्रो कमाइ गर्दै २०८३ साललाई उनका लागि सुखद बनाएका छन्।

#फिल्म #बक्स #अफिस
Compare →
Bizshala
6d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#फिल्म #बक्स #अफिस
Compare →
Nagarik News
4d ago
बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो।

#बक्स #अफिस
Compare →

Related Stories

Technology
Build #2612