Trending
Prev Story
Next Story

मुगु दुर्घटना : घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार

Onlinekhabar •
November 16, 2026 • 06:30 AM
4
4 reads 0 reactions

३० कात्तिक, सुर्खेत । मुगुमा भएको गाडी दुर्घटनाका घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार …

मुगु दुर्घटना : घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार

३० कात्तिक, सुर्खेत । मुगुमा भएको गाडी दुर्घटनाका घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

रारा ताल जाने क्रममा आइतबार मुगुको छायानाथ नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

घाइतेहरुको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीले जानकारी दिए ।

उनीहरू रारा ताल घुम्न निस्केका पर्यटक थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
मुगु दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

मुगु दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

मुगुको रारा ताल जाने क्रममा गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

#मुगु #दुर्घटना #हेलिकोप्टर
Compare →
Ekantipur
4h ago
मुगु दुर्घटनाका दुई गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न माग

मुगु दुर्घटनाका दुई गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न माग

मुगुमा पिकअप भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग माग गरेको छ।

#मुगु #दुर्घटना #घाइते
Compare →
Hamro Patro News
16h ago
मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगु- मुगुमा जिप दुर्घटना हुँदा आइतबार तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा न...

#मुगु #दुर्घटना #जनाको
Compare →
Bizshala
20h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #घाइते #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2612