Trending
Prev Story
Next Story

मुगुमा गाडी दुर्घटना : मृतक तीनैजनाको सनाखत

Onlinekhabar •
November 16, 2026 • 02:01 AM
3
3 reads 0 reactions

३० कात्तिक, सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय …

मुगुमा गाडी दुर्घटना : मृतक तीनैजनाको सनाखत

३० कात्तिक, सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । दुई जना घाइते छन् ।

मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवीराज थपलियाले जानकारी दिए ।

उनका अनुसार ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार दुर्घटनामा परेको थियो ।

गाडी अनियन्त्रित भएर सडकबाट करिब चार सय मिटर तल खस्दा कच्याककुचुक भएको छ । भिरालो भूभाग र सडकको अवस्थाका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगु- मुगुमा जिप दुर्घटना हुँदा आइतबार तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा न...

#मुगु #रारा #मृत्यु
Compare →
Nagarik News
13h ago
काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु

कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो सडकबाट अन्दाजी ६०० फिट तल खसेको थियो।

#मुगु #रारा #मृत्यु
Compare →
Ekantipur
12h ago
मुगुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते [अपडेट]

मुगुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते [अपडेट]

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको गाडी आइतबार सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौं बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#वर्षीय #मृत्यु #मुगु
Compare →
Bizshala
14h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#मृत्यु #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612