Trending
Prev Story
Next Story

दशैं–तिहारमा सडक दुर्घटनामा कमी

Onlinekhabar •
November 16, 2026 • 05:31 AM
3
3 reads 0 reactions

३० कात्तिक, चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक …

दशैं–तिहारमा सडक दुर्घटनामा कमी

३० कात्तिक, चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलन बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् ।

कार्यालयका अनुसार सडक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको ट्राफिक कारबाही तथा जरिवाना सङ्कलनमा भने उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । त्यसबाट रु नौ लाख २४ हजार ५३१ जरिवाना सङ्कलन भएको थियो ।

चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ । यसबाट रु १७ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने यस वर्ष घटेको छ । गत आर्थिक वर्षमा ६९ वटा मापसे कारबाहीबाट रु ३७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा ५६ वटा कारबाहीबाट रु ३० हजार सङ्कलन भएको छ ।

त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही नभएकामा यस वर्ष २४ वटा कारबाही भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले अनुसार चाडपर्वलाई लक्षित गरी गरिएको कडा ट्राफिक चेकजाँच, नियम उल्लङ्घन गर्नेमाथिको कारबाही तथा जनचेतनामूलक कार्यक्रमका कारण सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताए ।

उनले चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि सवारी नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरे । सुरक्षित यात्रालाई प्राथमिकता दिन पनि उनले चालक तथा यात्रुसँग अनुरोध गरे ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
30m ago
चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ...

#दुर्घटना #ट्राफिक #चितवन
Compare →
Nagarik News
1d ago
भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्।

#दुर्घटना #ट्राफिक
Compare →
Ekantipur
13h ago
विचार | घरै छैन, कहाँ जाने ?

विचार | घरै छैन, कहाँ जाने ?

यो दसैं–तिहारमा धेरैले ‘गाउँ जाने कि यतै हो चाड ?’ भनेर सोधे । स्तब्ध हुन्थें, अनि बडो गह्रुँगो मनले भन्थें, ‘बाढीले घर, गाउँ, मान्छे सबै बगायो । के नै बाँकी छ र जानु !’

#दसैँ #तिहार
Compare →
Bizshala
32m ago
म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर...

#दसैँ
Compare →

Related Stories

Technology
Build #2612