Trending
Prev Story
Next Story

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने

Onlinekhabar •
November 16, 2026 • 05:31 AM
3
3 reads 0 reactions

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । १५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् । प्रदेश …

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

१५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् ।

प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति देउवाबाट प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

यसअघि शनिबार प्रदेश सभापति बलायरले विज्ञप्ति जारी गरेर कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जानकारी सार्वजनिक गरेका थिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेश अघिवेशन १५ मंसिर बिहान ११ बजेबाट उद्घाटन समारोह सुरू हुनेछ ।

विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पनि उल्लेख थियो ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औं नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको देउवा समूहले मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
देउवा पक्ष अब प्रदेश अधिवेशनमा

देउवा पक्ष अब प्रदेश अधिवेशनमा

१ सय ३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको निर्वाचन समितिको भनाइ, मधेशमा आठ जिल्लामध्ये धनुषामा मात्र क्षेत्रीय अधिवेशन भयो, मधेशबाहेक मनाङ, मुस्ताङ र रसुवामा पनि अधिवेशन बाँकी

#अधिवेशन #देउवा
Compare →
Hamro Patro News
1d ago
१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

धनगढी । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदू...

#सुदूरपश्चिम #उद्घाटन
Compare →
Nagarik News
2d ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#अधिवेशन #देउवा
Compare →
Arthasansar
2d ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#सुदूरपश्चिम
Compare →
Bizshala
3d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#सुदूरपश्चिम
Compare →

Related Stories

National (Nepal)
Build #2612