Trending
Prev Story
Next Story

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

Onlinekhabar •
November 16, 2026 • 05:31 AM
3
3 reads 0 reactions

३० कात्तिक, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ । ‎ ‎आइतबार बेलुकी हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा …

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

३० कात्तिक, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ । ‎ ‎आइतबार बेलुकी हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगल छेउमा रहेको गोठतर्फ गएका चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको हो। उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न गएको बताइएको छ।

‎स्थानीय दिलीप चौधरीका अनुसार जंगल छेउमा पुगेका बेला हात्ती कराउन थालेपछि चौधरीले पनि हात्तीले जस्तै आवाज निकाल्दै जोडले कराएका थिए। त्यसपछि हात्तीले उनलाई लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।‎ ‎ ‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते चाैधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले बताए ।

‎‎जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएपछि आसपासका बस्तीमा त्रास फैलिएको छ। पछिल्लो समय जंगल आसपासका क्षेत्रमा हात्तीको आवागमन बढ्दै गएपछि स्थानीय बासिन्दा थप त्रसित बनेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
25m ago
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

३० कात्तिक, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ । ‎ ‎आइतबार बेलुक...

#हात्ती #सप्तरी #आक्रमण
Compare →
Nagarik News
1d ago
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले घटनाबारे जानकारी दिएका हुन्।

#आक्रमण #मृत्यु
Compare →
Ekantipur
16h ago
मुगुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते [अपडेट]

मुगुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते [अपडेट]

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको गाडी आइतबार सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौं बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#मृत्यु
Compare →
Bizshala
18h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2612