Trending
Prev Story
Next Story

इन्जिनियरिङ बीमा दाबीमा मूल्यांकनको अधिकतम १० प्रतिशत बीमा कम्पनीले घटाउन सक्ने

Onlinekhabar •
November 15, 2026 • 02:30 PM
2
2 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । निर्जीवन बीमा कम्पनीले इन्जिनियरिङ बीमा लेखमा बिमितले दाबी गरेको रकम मूल्यांकनमा अधिकतम १० प्रतिशत रकम घटाउन पाउने भएका छन् । त्यसरी बिमकले घटाउने रकम पनि बिमितसँगको सहमतिमा मात्र सम्भव हुने बीमा प्राधिकरणले …

इन्जिनियरिङ बीमा दाबीमा मूल्यांकनको अधिकतम १० प्रतिशत बीमा कम्पनीले घटाउन सक्ने

२९ कात्तिक, काठमाडौं । निर्जीवन बीमा कम्पनीले इन्जिनियरिङ बीमा लेखमा बिमितले दाबी गरेको रकम मूल्यांकनमा अधिकतम १० प्रतिशत रकम घटाउन पाउने भएका छन् ।

त्यसरी बिमकले घटाउने रकम पनि बिमितसँगको सहमतिमा मात्र सम्भव हुने बीमा प्राधिकरणले प्रस्ताव गरेको छ ।

जोखिम मूल्यांकनको अधिकतम १० प्रतिशत सीमा राख्दा बिमित र बिमक दुवैलाई अन्याय हुँदैन भनेर प्रस्ताव गरिएको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालले बताए ।

‘हाल यस्तो सीमा केही तोकिएको छैन, त्यसैले एउटै मापदण्ड बनाउने प्रस्ताव गरिएको हो,’ उनले भने, ‘बीमा कम्पनीहरूले दाबी मूल्यांकनमा कति रकम घटाउने गरेका छन् भन्ने पनि जानकारी छैन, त्यही अन्योल हटाइ स्पष्ट पार्न यस्तो प्रस्ताव निर्देशनको मस्यौदामा समावेश गरिएको हो ।’

हाल विभिन्न नाममा हुने गरेका इन्जिनियरिङ बीमालाई प्राधिकरणले एकीकृत र व्यवस्थित गर्न इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन २०८३ को मस्यौदा तयार गरेको छ ।

मस्यौदामा इन्जिनियरिङ बीमा अन्तर्गत बिमितले दिनुपर्ने प्रिमियम हालको भन्दा फरक प्रस्ताव नगरिएको उनले बताए । बीमा प्राधिकरणले यी बीमा लेखको प्रिमियम पनि न्यूनतम तोकेको उनको भनाइ छ ।

‘तर, के कभर हुने, के कभर नहुने अन्योल छ, कम्पनीको निर्णय अनुसार हुने गरेकाले त्यसलाई एकरूपता ल्याउन निर्देशन ल्याउन खोजिएको हो,’ दाहालले भने ।

इन्जिनियरिङ बीमा अन्तर्गत बीमा कम्पनीले कन्ट्र्याक्टर्स अल रिस्क, इरेक्सन अल रिस्क, कन्ट्र्याक्टर्स प्लान्ट एन्ड मेसिनरी, मेसिनरी इन्स्योरेन्स, इलेक्ट्रोनिक इक्विपमेन्ट इन्स्योरेन्स, बोयलर एन्ड प्रेसर भेसल इन्स्योरेन्स बीमा लेख जारी गर्न सक्छन् ।

त्यसका लागि बीमा कम्पनीले स्थलगत निरीक्षण सम्बन्धी व्यवस्था अनिवार्य गर्नुपर्ने प्रस्ताव प्राधिकरणले गरेको छ । बीमा कम्पनीले १ करोड रुपैयाँभन्दा बढी बिमांक भएका ठूला आयोजना तथा परियोजनाहरूको बीमा गर्नुपूर्व अनिवार्य स्थलगत निरीक्षण गर्नुपर्ने प्रस्ताव प्राधिकरणले गरेको हो ।

त्यसैगरी वार्षिक रूपमा नवीकरण हुने उपकरण तथा मेसिनरी बीमाका हकमा १० लाख रुपैयाँभन्दा बढी बिमांक भए पनि स्थलगत निरीक्षण अनिवार्य गरिएको छ ।

निर्देशनले अहिले अभ्यासमा रहेको प्रिमियमलाई नै प्रस्ताव गरेको छ । कुनै पनि आयोजनामा आयोजनाको लगानीकर्ता, ठेकेदार तथा बीमा कम्पनी लगायत पक्षको संलग्नता रहेको हुन्छ ।

बीमा गर्ने क्रममा लगानीकर्तालाई थाहै नदिई बीमा कम्पनी र ठेकेदार मिलेर थोरै प्रिमियममा बीमा गरेको छ भन्नका लागिमात्र बीमा लेख खरिद गर्ने अभ्यास छ ।

नेपाल सरकारले २० लाखभन्दा बढीको बीमा गर्नुपर्छ भनेको छ । सोही सरकारी मापदण्ड पूरा गर्नमात्र बीमा गर्ने अभ्यासले इन्जिनियरिङ बीमा व्यवस्थित हुन नसकेको दाहालले बताए । त्यसको सुधारका लागि पनि निर्देशन आवश्यक भएकाले प्राधिकरणले काम गरेको दाहाल बताउँछन् ।

‘जोखिम न्यूनीकरण भन्दा पनि झारा टार्न बीमा गर्ने अभ्यास देखिन्छ, त्यो अभ्यास यो निर्देशन आएपछि सुधार हुन्छ,’ उनले भने ।

बीमा गर्ने, एक किस्तामात्र प्रिमियम तिर्ने त्यसपछि नतिर्ने समस्या समेत सम्बोधन हुने दाबी उनको छ । त्यस्तै बीमा कम्पनी, पुनर्बीमा र सर्भेयरको मिलेमतोमा बीमा कम्पनीहरू हाबी हुने अहिलेको अवस्थामा सुधार हुने देखिन्छ । र, बीमा कम्पनी हाबी हुने सम्भावना भने न्यूनीकरण गर्न सकिँदैन । जोखिम थोरै भएको क्षेत्रको मात्र बिजनेस गर्छु भनेर बीमा कम्पनीले छनोट गर्न सक्ने अवस्था रहन्छ ।

निर्देशनको मस्यौदा अनुसार ठेक्काको बीमा गर्दा बीमालेख जारी भएको एक वर्षभित्र पूरा बीमा शुल्क प्राप्त गर्ने गरी किस्ता निर्धारण गरी किस्ताबन्दीमा बीमा शुल्क तोक्न सकिन्छ ।

अतिरिक्त जोखिम रक्षावरण थप गरेको बीमा लेखमा मूल बीमा लेखमा रक्षावरण भएका जोखिम बाहेक अतिरिक्त रक्षावरणमा रहेको जोखिमको कारणमात्र क्षति भए उक्त अतिरिक्त जोखिम रक्षावरणमा उल्लेख भएको अधिक रकममात्र लागु गरी दाबी भुक्तानी गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

मूल बीमा लेख र अतिरिक्त रक्षावरण बीमा लेख अन्तर्गत रक्षावरण भएका जोखिमका कारण एकै घटनाबाट दाबी परेको अवस्थामा मूल बीमा लेखको मात्र मूल्यांकन घटाउनुपर्ने मस्यौदामा उल्लेख छ ।

बीमा गरिने परियोजना अन्तर्गत ठेक्का निर्माण कार्यको बिमांक रकम सम्झौता कागजातमा उल्लेख भए अनुसार कायम गर्नुपर्ने छ । निर्माण कार्यको सम्झौता मूल्यभन्दा बढी बिमांक कायम गर्नुपर्ने अवस्थामा अतिरिक्त बिमांक विवरण बीमा लेखको तालिकामा स्पष्ट खुलाउनुपर्ने छ ।

परियोजना अन्तर्गत ठेक्कामा प्रयोग गरिने मेसिन, औजार वा प्लान्टको बिमांक रकम पूर्ण प्रतिस्थापन खर्च बराबर हुने गरी कायम गर्नुपर्ने छ । निर्देशन बमोजिम जारी भएको बीमा लेखको दाबी भुक्तानी सम्बन्धित बीमा लेख तथा प्राधिकरणबाट जारी दाबी भुक्तानी मार्गदर्शन बमोजिम हुनेछ ।

दाबी भुक्तानी प्रयोजनका लागि बीमा गरिएको सम्पत्तिमा पूर्ण क्षति भए प्रतिस्थापन मूल्य वा बिमांक जुन बढी हुन्छ त्यसमा ह्रासकट्टी दर लागु गर्नुपर्ने छ ।

तर, पुनर्स्थापना मूल्य बीमा लेख तथा घोषणा बीमा लेखमा आंशिक नोक्सानी भएको रहेछ भने उक्त अवस्थामा ह्रासकट्टी सम्बन्धी व्यवस्था लागु हुने छैन । ह्रासकट्टी दर बिमकले बीमा लेखसँग संलग्न गरी बिमितलाई प्रदान गर्नुपर्ने प्रस्ताव मस्यौदामा छ ।

परियोजना अन्तर्गत ठेक्का निर्माण समाप्त भई हस्तान्तरण भएपछि त्रुटि सच्याउने अवधिका लागि बीमा लेखले रक्षावरण प्रदान गर्ने छ । निर्माण व्यवसायीले त्रुटि सच्याउने दायित्व अवधिमा आफ्नो दायित्व पालन गर्ने क्रममा भएको हानि–नोक्सानी र त्रुटि सच्याउने दायित्व अवधि प्रारम्भ हुनुअघि उत्पन्न भएको कुनै कारणबाट त्रुटि सच्याउने दायित्व अवधिमा भएको हानि–नोक्सानीको रक्षावरण गर्ने छ ।

उल्लेख भएका जोखिम बाहेक अन्य जोखिम रक्षावरण गर्नुपर्ने भए सम्पत्तिको स्वामित्व भएको व्यक्ति वा संस्थाले सम्पत्ति बीमा गर्नुपर्ने निर्देशनको मस्यौदामा उल्लेख छ । यस निर्देशनमा तोकिएको न्यूनतम बीमा शुल्क दरभन्दा कम दरमा बीमा शुल्क निर्धारण गरी बीमा लेख जारी गर्न पाइँदैन ।

बीमा लेख प्रारम्भ भएपछि सम्पत्ति वा परियोजनाको मालिक तथा बिमितको सहमति नलिई बीमा लेखको सर्त सुविधामा कुनै संशोधन वा परिमार्जन गर्न पाइने छैन । परियोजनाको मालिक तथा बिमितले संयुक्तरूपमा बीमा लेख खारेज गर्न लिखित रूपमा अनुरोध गरे बिमकले बीमा लेख खारेज गर्न सक्ने प्रस्ताव मस्यौदामा छ ।

बीमा लेख खारेज गर्दा कुल बीमा अवधिको २५ प्रतिशतभन्दा बढी अवधि बाँकी रहेको र दाबी नपरेको बीमा लेखमात्र खारेज गर्न सकिने छ ।

वार्षिक बीमालेख खारेज गर्दा बिमितलाई बहाल रहेको अवधिका लागि छोटो अवधिको बीमा दर अनुसार बीमा शुल्क कट्टा गरी बाँकी बीमा शुल्क फिर्ता गर्नुपर्ने छ ।

एक वर्षभन्दा बढी अवधि रहेको परियोजनाको बीमा लेख खारेज गर्दा बिमितलाई बाँकी अवधिको बीमा शुल्क समानुपातिक फिर्ता गर्नुपर्ने छ ।

इन्जिनियरिङ बीमा गरिने सम्पत्ति तथा परियोजनाको प्रकृति अनुसार बीमा लेख अवधि एक वर्ष, एक वर्षभन्दा बढी वा कम हुन सक्ने छ । परियोजना अन्तर्गत ठेक्काका हकमा सम्बन्धित ठेक्का अवधि र बीमा लेख अवधि बराबर हुने गरी बीमा लेख जारी गर्नुपर्ने छ ।

एक वर्षभन्दा कम अवधि कायम गरी बीमा हुने सम्पत्ति वा परियोजना अन्तर्गत ठेक्काका हकमा छोटो अवधिको बीमा लेख जारी गर्नुपर्ने छ ।

परियोजना अन्तर्गत ठेक्काका हकमा बीमा लेख जारी मिति र जोखिम प्रारम्भ मिति फरक गरी बीमा लेख जारी गर्न सकिने छ । यस्तो बीमा लेखका हकमा जोखिम प्रारम्भ मिति सम्झौता कागजातमा उल्लिखित कार्य प्रारम्भ मिति कायम गर्नुपर्ने छ ।

बीमा प्रयोजनका लागि रक्षावरण प्रारम्भ भएको मितिदेखि परियोजना अन्तर्गतका ठेक्का अवधि र त्रुटि सच्याउने अवधि थप गरी बीमा अवधि कायम गर्नुपर्ने छ ।

मस्यौदा अनुसार परियोजना अन्तर्गत ठेक्काको बीमा हकमा जोखिम रक्षावरण बिमक र बिमितको आपसी समझदारीमा अतिरिक्त बीमा शुल्क लिई सम्पुष्टि जारी गर्न सकिने छ ।

बिमितले उपलब्ध गराएको सामग्री तथा मालवस्तु, निर्माण सम्बन्धी प्लान्ट तथा औजार, निर्माण सम्बन्धी उपकरण, भग्नावशेष हटाउने बीमा लेख जारी गर्नुपर्ने छ ।

बीमकले प्रस्ताव फाराम, जोखिम मूल्यांकन प्रतिवेदन तथा अन्य आवश्यक विवरणका आधारमा जोखिमांकन गरी बीमा लेख जारी गर्नुपर्ने मस्यौदामा छ ।

बिमकले बीमा लेख जारी गरेपछि स्वीकृत प्रस्ताव फारम र बीमा लेखको एकप्रति बिमितलाई तत्काल उपलब्ध गराउनुपर्ने छ । बिमकले कागजातहरू बिमितले प्राप्त गरेको प्रमाण राख्नुपर्ने छ । बिमकले यस निर्देशन बमोजिम बीमा लेख जारी गर्नुपर्ने छ ।

बीमा लेख जारी गर्दा आवश्यकता अनुसार अतिरिक्त जोखिम रक्षावरण, सर्त तथा बन्देज समावेश गरी बीमा लेख जारी गर्नुपर्ने छ । बीमा लेख, अतिरिक्त जोखिम रक्षावरण, सर्त तथा बन्देजमा कुनै व्यवस्था थपघट गरी जारी गर्नुपर्ने भए प्राधिकरणको स्वीकृतिका लागि पेस गर्नुपर्ने प्रस्ताव मस्यौदामा छ । यसरी पेस हुन आएको बीमा लेख, अतिरिक्त जोखिम रक्षावरण, सर्त तथा बन्देज प्राधिकरणले उपयुक्त ठाने स्वीकृति प्रदान गर्ने छ ।

बिमकले हुलदंगा तथा आतंकवाद जोखिम बिमितले रक्षावरण गर्ने वा नगर्ने यकिन गरी बीमा लेख जारी गर्नुपर्छ । बिमितले हुलदंगा तथा आतंकवाद जोखिम रक्षावरण गर्ने भए बिमकले सोहीबापत लाग्ने थप बीमा शुल्क लिई बीमा लेख जारी गर्नुपर्छ ।

बिमकले बीमा लेख जारी गर्दा जुन कार्यका लागि बीमा गर्न लागिएको हो उक्त कार्यको सम्झौता कागजातमा उल्लिखित बीमासम्बन्धी व्यवस्था पूर्णरूपमा पालना हुने गरी बीमा लेख जारी गर्नुपर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
इन्जिनियरिङ बीमा दाबीमा मूल्यांकनको अधिकतम १० प्रतिशत बीमा कम्पनीले घटाउन सक्ने

इन्जिनियरिङ बीमा दाबीमा मूल्यांकनको अधिकतम १० प्रतिशत बीमा कम्पनीले घटाउन सक्ने

२९ कात्तिक, काठमाडौं । निर्जीवन बीमा कम्पनीले इन्जिनियरिङ बीमा लेखमा बिमितले दाबी गरेको रकम मूल्यांकनमा अधिकतम १० प्रतिशत रकम घटाउन पाउने भएका छन् । त्यसरी बिमकले घटाउने रकम पनि बिमितसँगको सहमतिमा...

#बीमा #रकम #मूल्यांकन
Compare →
Bizshala
1w ago
तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब प्रिमियम, सलिको अगाडि हुँदा एनएलजीको व्यवसाय सबैभन्दा तीव्र

तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब प्रिमियम, सलिको अगाडि हुँदा एनएलजीको व्यवसाय सबैभन्दा तीव्र

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ।...

#बीमा #कम्पनीले
Compare →
Arthasansar
10h ago
राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?

राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?

राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय...

#बीमा
Compare →
Ekantipur
2d ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#बीमा
Compare →
Nagarik News
6d ago
पशुपन्छीको बीमा गर्दै किसान

पशुपन्छीको बीमा गर्दै किसान

तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

#बीमा
Compare →

Related Stories

Technology
Build #2612