Trending
Prev Story
Next Story

राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?

Arthasansar •
November 15, 2026 • 05:05 AM
3
3 reads 0 reactions

राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय...

राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?

राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले ६५ लाख ४४ हजार रुपैयाँ घाटा व्यहोरेको भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को असोजसम्म कम्पनीले १२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

चुक्तापुँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा वर्षसम्म महाविपत्ति कोषमा ४ करोड १ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४ अर्ब ५३ करोड ३३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४ करोड १ लाख रुपैयाँ रहेको थियो भने रिटेन्ड अर्निङ ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ७४ अर्ब ८५ करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७१ अर्ब ४७ करोड ९५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ४.७२ प्रतिशतले बढेको छ। चालु वर्षको असोजसम्म कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.९२ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.९८ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.६२ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस २.६८ रुपैयाँ थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#जीवन #बीमा
Compare →
Hamro Patro News
3d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्ती...

#वित्तीय #रहे
Compare →
Bizshala
1d ago
जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने प्रवृत्ति अझै बढ्दो देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४...

#जीवन #बीमा
Compare →
Nagarik News
1d ago
सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

#जीवन
Compare →

Related Stories

Business & Economy
Build #2612