Trending
Prev Story
Next Story

सानिमा रिलायन्स लाइफको नाफामा सामान्य सुधार, बीमा शुल्क आर्जन २३ प्रतिशतले बढ्यो

Arthasansar •
November 15, 2026 • 06:36 AM
3
3 reads 0 reactions

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा...

सानिमा रिलायन्स लाइफको नाफामा सामान्य सुधार, बीमा शुल्क आर्जन २३ प्रतिशतले बढ्यो

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा सामान्य बढेको हो। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ९८ पैसा पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ११ रुपैयाँ ९३ पैसा थियो।

समीक्षा अवधिमा कम्पनीले कुल २ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन २३.३ प्रतिशतले बढेको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ थियो। कम्पनीको कुल आम्दानी २ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २ अर्ब ५० करोड ६१ लाख रुपैयाँ रहेको छ। वित्तीय विवरणअनुसार कम्पनीको कुल सम्पत्ति ३३ अर्ब ८८ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल सम्पत्ति ३२ अर्ब २६ करोड ८६ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल इक्विटी ५ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ। कम्पनीको सोल्भेन्सी अनुपात १.५७ रहेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात १.४६ रहेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
28m ago
हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो

काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक...

#नाफा #खुद #प्रतिशतले
Compare →
Hamro Patro News
16h ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा #खुद
Compare →
Ekantipur
1h ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →
Onlinekhabar
1h ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612