Trending
Prev Story
Next Story

'प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ'

Nagarik News •
November 15, 2026 • 10:07 AM
3
3 reads 0 reactions

सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए ।

'प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।

विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् ।

सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले केही कुरा गलत भइरहेको छ र अब एक्सन लिनुपर्छ भन्ने महसुस गर्नुभयो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ ।’

गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका अन्य व्यक्तिहरूका विषयमा सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको पनि उनले बताए । ती विषयमा प्रधानमन्त्रीले के सोचिरहनुभएको छ र सरकारले के गरिरहेको छ भन्ने विषयमा पार्टीले प्रतीक्षा गरिरहेको उनले बताए ।

सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गर्दै खरेलले सभापति, महामन्त्रीसहित पार्टीको नेतृत्व र सम्पूर्ण टोली सरकार सञ्चालनमा कुनै अवरोध वा हस्तक्षेपको महसुस नहोस् भन्नेमा सचेत रहेको बताए ।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई हटाउने वा राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । आईजीपीलाई हटाऊ वा राख भनेर पार्टीले निर्देशन नदिएको भन्दै उनले यो सरकारको विवेक र निर्णयको विषय भएको बताए । उक्त विषय अदालतसम्म पुगेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार थप स्पष्ट पार्दै जाने उनले उल्लेख गरे ।

यसैबीच, रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा मित्रराष्ट्र चीन भ्रमणमा जान लागेको प्रवक्ता खरेलले जानकारी दिए । चीनको सत्तारुढ दलले रास्वपालाई निमन्त्रणा गरेको उल्लेख गर्दै उनले यो भ्रमण दुई देशका सत्तारुढ दलबीचको निमन्त्रणाअनुसार हुन लागेको बताए ।

प्रकाशित: २९ कार्तिक २०८३ १५:५२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ : प्रवक्ता खरेल

प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ : प्रवक्ता खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन्। विमानस्थलमा सांसदहरूको ब...

#चाल्ने #कदम #रास्वपा
Compare →
Onlinekhabar
23h ago
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव …

#बताए #रास्वपा
Compare →
Ekantipur
3h ago
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापित लामिछाने आइतबार अपराह्न गङ्गासागरको कार्यक्रममा सहभागी हुनेछन्।

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612