काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको परराष्ट्र नीतिप्रति पार्टी पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग हुने भेटवार्तामा पनि नेपालको राज्यको नीतिकै पक्षमा आफ्नो धारणा राख्ने उनले स्पष्ट पारेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार १० दिने चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले नेपालको परराष्ट्र नीतिमा रास्वपाले कुनै विचलन आउन नदिने बताए। उनले रास्वपाले कूटनीति तथा विदेश नीतिका विषयमा पार्टीको छुट्टै दृष्टिकोणभन्दा पनि राज्यले अवलम्बन गरेको नीतिलाई नै आफ्नो नीति मान्दै आएको उल्लेख गरे ।
Read full story at source ( newspolar.com )