Trending
Prev Story
Next Story

हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने

Nagarik News •
November 14, 2026 • 12:10 PM
3
3 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको बताएका छन्।

हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको बताएका छन्।

शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सरकारलाई पार्टीले दिने सल्लाह, सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताए।

कहिलेकाहीँ सरकारलाई सुझाव दिँदा वा आलोचना गर्दा त्यसलाई लिएर ठूलो हल्ला हुने गरेको उल्लेख गर्दै उनले त्यस्ता हल्लामा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए। सरकार आफ्ना प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित भएर अघि बढिरहेको उनको भनाइ थियो।

रास्वपाले आफ्नै सरकारलाई दिने सुझाव र आलोचना पार्टीभित्रको बलियो आन्तरिक लोकतन्त्रको अभ्यास भएको लामिछानेले बताए। लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा हुने बहस तथा आलोचनालाई सकारात्मक रूपमा लिने गरेको उनको भनाइ थियो।

लामिछानेले यसपटक जनताले रास्वपालाई काम गर्ने अवसर दिएको उल्लेख गर्दै मधेशका जनताले अहिलेको जनमतबाट परिवर्तनको अनुभूति गर्न नपाए आगामी निर्वाचनमा आफू भोट माग्न नआउने बताए।

जनतालाई झुक्याएर मत माग्ने राजनीतिक चरित्र आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले जनताको जीवनमा परिवर्तन ल्याउने आशा, भरोसा र विश्वासका साथ प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

मधेशी जनताको जीवनस्तरमा परिवर्तन ल्याउने र उनीहरूको आशा तथा विश्वास पूरा गर्ने जिम्मेवारी रास्वपाको काँधमा आएको भन्दै उनले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

प्रकाशित: २८ कार्तिक २०८३ १७:५५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव …

#रवि-लामिछाने #बताए #रास्वपा
Compare →
Hamro Patro News
1h ago
पार्टी र सरकारबिच कुनै विवाद छैन, आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास हो : रवि लामिछाने

पार्टी र सरकारबिच कुनै विवाद छैन, आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास हो : रवि लामिछाने

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै पनि विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन्। शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई स...

#रवि-लामिछाने #विवाद #आन्तरिक
Compare →
Ekantipur
32m ago
मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने रास्वपा सभापति लामिछानेको चेतावनी छ ।

#रवि-लामिछाने #रास्वपा #रवि
Compare →

Related Stories

Politics & Governance
Build #2612