छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापित लामिछाने आइतबार अपराह्न गङ्गासागरको कार्यक्रममा सहभागी हुनेछन्।
जनकपुरधाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन् । छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आइतबार बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।
आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिए । सभापति लामिछाने आइतबार अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुनुहुने उनले बताए।