महोत्तरी । मौलिक लोकपरम्परा, समुन्नत संस्कृति र प्रत्येक चाडवाडसँग सम्बन्धित गीत मिथिला क्षेत्रका वैभव मानिन्छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा सामूहिक रूपमा मनाइने पर्व होउन् वा घरमा आयोजना गरिने शुभकार्य, प्रत्येक अनुष्ठानका लोकपरम्परामा स्थापित गीत छन् । मिथिला अहिले महापर्व छठको उल्लासमा छ । निष्ठा, भक्ति र इष्टदेवप्रतिको समर्पण भावको महापर्व छठमा अहिले जताततै भक्तिरसमा डुबेका लोकभाका गुन्जँदा छन् । सूर्यदेव र षष्ठीदेवी (छठी)को आराधना गरिने यो महापर्वले मिथिला क्षेत्र अहिले भक्तिमय बनेको छ ।
‘छठी मैया अँगना पधारु, करु कृपा अपार
Read full story at source ( ratopati.com )