Trending
Prev Story
Next Story

दशैमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक

Arthasansar •
October 18, 2026 • 08:41 AM
1
1 reads 0 reactions

अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दशैं गीत सार्वजनिक भएको छ । दशैंमा बिदा नमिल्दा स्वदेश फर्किएर परिवारसँग चाडपर्व...

दशैमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक

अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दशैं गीत सार्वजनिक भएको छ । दशैंमा बिदा नमिल्दा स्वदेश फर्किएर परिवारसँग चाडपर्व मनाउन नपाउने नेपालीको पीडा गीतमा समेटिएको छ । दशैं नेपालीको महान चाड हो । परिवारका सदस्य एकै ठाउँमा भेला भएर टीका, जमरा लगाउने र खुसी साटासाट गर्ने परम्परा छ । तर रोजगारी तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीका लागि दशैं सधैँ खुसीको पर्व बन्न सक्दैन । घर फर्किन नपाउँदाको दुःख, परिवारको सम्झना र परदेशको बाध्यतालाई गीतले उजागर गरेको छ ।

गायक गौतमको स्वरमा रहेको गीतको म्युजिक भिडियो बडादशैंको फूलपातीको अवसर पारेर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । रवि श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा सञ्जय श्रेष्ठले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोको निर्देशन सीताराम कट्टेल ‘धुर्मुस’ र रवि श्रेष्ठले गरेका हुन् । भिडियोमा दीपक राज पाठक र सीता देवी तिमल्सेनाको अभिनय रहेको छ । राजु केसी र अमृत सुनुवारले छायांकन रहेको गीतको भिडियोले परदेशमा रहेका नेपालीको दशैंसँग जोडिएको भावनात्मक कथालाई प्रस्तुत गरेको छ । गीत र म्यूजिक भिडियोको निर्माण अमिता श्रेष्ठ गौतमले गरेकी हुन् ।

दशैंको उल्लाससँगै घरपरिवारबाट टाढा रहनुपर्दाको पीडा समेटिएको यो गीतले विदेशमा रहेका नेपालीलाई आफ्नै जीवनका अनुभूतिसँग जोड्ने विश्वास गायक गौतमले लिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
शर्मिला बर्देवा र बिनोद श्रेष्ठको स्वरमा बिछोडको पीडा: ‘नजाऊ भाइ’

शर्मिला बर्देवा र बिनोद श्रेष्ठको स्वरमा बिछोडको पीडा: ‘नजाऊ भाइ’

काठमाडौँ । वरिष्ठ गायिका शर्मिला बर्देवा र गायक बिनोद श्रेष्ठको युगल स्वरमा नयाँ गीत ‘नजाऊ भाइ’ सार्वजनिक भएको छ । धेरै समयपछि शर्मिला बर्देवाको स्वर सुन्न पाउनु यो गीतको सबैभन्दा ठुलो आकर्षण हो ।

#गीत #स्वर #पीडा
Compare →
Ekantipur
2d ago
टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

तिहारबीच टिकटकमा छाएको हिन्दी प्रेमगीत सुन्दा कतिपयले राई समुदायको साकेला सिलीको लय सम्झिएका छन्।

#गीत
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
Nagarik News
3d ago
तिहारको झल्को दिने यी कालजयी गीत

तिहारको झल्को दिने यी कालजयी गीत

तिहार झल्काउने नेपाली गीत : झिलिमिली, देउसी–भैलो र भाइटीकाको आत्मीयता बोकेका कालजयी सिर्जना

#गीत
Compare →

Related Stories

Business & Economy
Build #2611