Trending
Prev Story
Next Story

टेनिस : डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित

Ekantipur •
November 14, 2026 • 02:32 PM
4
4 reads 0 reactions

भियतनाममा भइरहेकाे डेविस कपकाे शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो ।

टेनिस : डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित

भियतनाममा भइरहेकाे डेविस कपकाे शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो ।

काठमाडौँ — भियतनामको फान थिएटमा भइरहेको डेविस कप टेनिसमा नेपाल प्लेअफमा पराजित भएको छ ।

नोभावर्ल्ड इन्टरनेसनल टेनिस कम्प्लेक्समा शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो ।

पहिलो खेलमा नम्बर वान प्रदीप खड्का १ घन्टा ५३ मिनेटसम्म प्रतिस्पर्धा गर्दै प्यासिफिक ओसिनियाका जालान सालोनसँग ३-६, ६-४, ४-६ को सेटमा पराजित भए । दोस्रो खेलमा करणबहादुर थापाले गिलियन ओस्मन्टमाथि ७-६ (८-६), २-६, ६-२ ले पराजित गर्दै खेल १-१ बराबरीमा ल्याए ।

डबल्समा प्रदीप र करणको जोडीले जिलियन र जालोनविरुद्ध खेलेका थिए । पहिलो सेट ७-६ (७-१) ले गुमाएको नेपाली जोडीले दोस्रो सेटमा ३-० ले पछाडि रहेको स्थितिमा रिटायरमेन्टमा खेल छाडेका थिए ।

एसिया/ओसिनिया क्षेत्रको समूह ५ मा १४ टोलीले चार समूहमा रहेर समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । नेपाल समूह ‘ए’ मा रहेको थियो । त्यसमा बंगलादेश र बहराइन थिए । नेपालले दुवैविरुद्ध जित पाएको थियो ।

बहराइनविरुद्ध २-१ र बंगलादेशविरुद्ध ३-० को जित निकाल्दै नेपाल समूह विजेता बनेर प्लेअफ सेमिफाइनलमा पुगेको थियो । यदि नेपाल फाइनल पुगेको भए अर्को वर्षका लागि यस क्षेत्रको समूह चारमा बढुवा पाउने थियो ।

नेपाली टोलीमा प्रदीप र करणसहित निसान श्रेष्ठ र दर्शिल श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् । निसान र दर्शिलको जोडीले बहराइन र बंगलादेशविरुद्ध डबल्समा प्रतिस्पर्धा गरेका थिए । बंगलादेशविरुद्ध जित पाएको उनीहरूको जोडी बहराइनसँग भने पराजित भएको थियो । प्रदीप र करणले भने दुवै टिमविरुद्ध सिंगल्समा सफलता पाएका थिए ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#प्लेअफ #पराजित
Compare →
Hamro Patro News
2d ago
कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा

कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा

काठमाडौं - लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। आज सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी ए...

#प्लेअफ #पराजित
Compare →
Onlinekhabar
46m ago
एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने …

#प्लेअफ
Compare →
Arthasansar
1d ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#प्लेअफ
Compare →
Bizshala
5d ago
पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा

पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा

काठमाण्डौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कीर्तिपुरमा हुने दुई खेलले प्लेअफको दौडलाई थप रोचक...

#प्लेअफ
Compare →

Related Stories

Sports
Build #2612