Trending
Prev Story
Next Story

चितवनमा फैलँदो छठ

Ekantipur •
November 14, 2026 • 02:32 PM
3
3 reads 0 reactions

कुनै बेला चार–पाँच सय जना भेला भएर मनाइने छठमा अहिले नारायणगढमा मात्रै दुई हजारभन्दा बढी व्रतालु सहभागी हुन्छन् । नारायणी किनारसँगै जिल्लाका विभिन्न खोला र तलाउमा पनि छठघाट सजाइँदै छन् ।

चितवनमा फैलँदो छठ

कुनै बेला चार–पाँच सय जना भेला भएर मनाइने छठमा अहिले नारायणगढमा मात्रै दुई हजारभन्दा बढी व्रतालु सहभागी हुन्छन् । नारायणी किनारसँगै जिल्लाका विभिन्न खोला र तलाउमा पनि छठघाट सजाइँदै छन् ।

चितवन — मिथिलाञ्चलमा विशेष निष्ठा र उमंगका साथ मनाइने छठ पर्वका बेला चितवनमा पनि उल्लासमय वातावरण हुन्छ । छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि नारायणगढ नारायणी किनारमा मात्रै नभएर जिल्लाका अन्य भेगका खोला र तलाउहरूमा छठघाटहरू तयार भइरहेका छन् । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ सकिन्छ ।

नारायणगढको पुतली बजार दसैंतिहारका बेला किनमेल गर्नेहरूको घुइँचो लाग्ने ठाउँ हो । यहाँ अचेल छठका सामग्री किन्नेहरूको पनि बाक्लै भीड हुन्छ । छठमा सूर्यलाई अर्घ्य दिने फलफूल, ती सामग्री राख्ने बाँसको चोयाले बुनेको दउरा (टोकरी) किन्ने–बेच्नेहरू पुतली बजारमा प्रशस्तै हुन्छन् । यस्ता सामग्रीहरू शनिबार नारायणी किनारमै टन्नै थिए ।

चितवनमा छठ पूजाको व्यवस्थापन तराई सामुदायिक सेवा समिति नामक संस्थाले गर्दै आएको छ । मूल थलो मिथिला क्षेत्रमा भए पनि चितवनमा व्यापार व्यवसायसँगै स्थायी बसोबास गरेका समुदायले नारायणगढ क्षेत्रमा २०२०/२२ सालदेखि छठ मनाउँदै आएको तराई सामुदायिक सेवा समितिका उपाध्यक्ष नारदप्रसाद परिहस्तले बताए । पहिला निकै कम मानिसहरू छठमा अर्घ्य दिन आउँथे ।

‘म २०४६ सालदेखि चितवन बस्दै आएको छु । त्यो बेला पनि यहाँ छठ मनाइन्थ्यो । मनाउनेलाई बाहेक अरूलाई यो के हो भन्ने थाहा थिएन । मेरा निकटका साथीहरूलाई पनि मैले नै छठ भनेर बुझाउनु परेको थियो,’ उपाध्यक्ष परिहस्तले भने । कुनै बेला छठ मनाउन मुस्किलले चार–पाँच सय जना नदी किनारमा भेला हुन्थे । अहिले नारायणगढमा मात्रै व्रत बसेर अर्घ्य दिने नै दुई हजारभन्दा बढी हुन्छन् ।

‘पहिला मारवाडी समुदायले अलग्गै, मधेशी समुदायले अलगअलग घाटमा मनाउँथे । अहिले एकै ठाउँ मनाउँदा ठूलो भिडभाड हुन्छ,’ परिहस्तले भने । छठका व्रतालुहरू बस्न बाँस गाडेर बनाएको तीन सय फिट लम्बाइको बलियो पण्डाल छ । ११ सय वर्ग फिटको उक्त पण्डाल बनाउन शनिबार साँझ अबेरसम्म पनि कामदारहरू धमाधम काम गर्दै थिए । समानान्तर त्यति नै लम्बाइको अर्को पण्डाल आडैमा छ ।

चितवनमा नारायणी नदी किनारमा मात्रै नभएर माडी, रत्ननगर, खैरहनी, राप्ती र कालिकाका खोला तथा तलाउहरूमा छठको अर्घ्य दिन घाटहरू तयार भइरहेको उपाध्यक्ष परिहस्तले जानकारी दिए । २०६० सालपछि चितवनमा छठ मनाउनेहरूको चहलपहल बढ्दै गएको अनुभव उनको छ । मिथिला, भोजपुरा क्षेत्रका साथै अहिले छठ सिंगो नेपालको पर्व भएको उनले बताए ।

‘के तराईवासी, के पहाडी सबैले मन पराएका कारण नै यो पर्व यसरी व्यापक हुँदै गएको हो,’ तराई सामुदायिक सेवा समितिका अध्यक्ष जयकिशोर पाण्डेले भने ।

पछिल्लो समय पहाडी समुदायले छठ पर्वमा निकै श्रद्धा देखाएको उनले सुनाए । चुनावका बेला मुख्य नेताहरू पनि छठघाटमा आउँछन् । यसपटक पनि चितवन–२ का सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई निमन्त्रणा पठाएको समितिले जनाएको छ । चुनावका समयमा लामिछाने नारायणगढको छठघाटमा अर्घ्य दिन आउँथे ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

चितवनको रत्ननगर नगरपालिका–९ स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वनका स्थानीय उपभोक्ताले लामो समयदेखि दलदलका रूपमा रहेको क्षेत्रलाई आकर्षक जलाधारमा रूपान्तरण गरेका छन्। प्राकृतिक जैविक बाँध निर्माण ...

#चितवन
Compare →
Arthasansar
1d ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Onlinekhabar
1d ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#चितवन
Compare →
Nagarik News
1d ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →

Related Stories

Business & Economy
Build #2612