काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न कार्यसमिति बैठकले २०८३/२०८६ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैठकले २०८२ पुस १६ गते गरिएको निर्वाचनसम्बन्धी निर्णय बदर गर्दै वैशाख २६ गते काभ्रेको धुलिखेलमा सम्पन्न साधारण सभाको निर्णयअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । एन्फाले विधानअनुसार नियमित निर्वाचन सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने र नयाँ नेतृत्व चयनका लागि सम्बन्धित सबै पक्षसँग सहयोगको आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
Read full story at source ( ratopati.com )