Trending
Prev Story
Next Story

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

Onlinekhabar •
November 14, 2026 • 10:31 AM
2
2 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर …

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।

नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर भएर लाग्ने बताए ।

उनले स्थानीय तह र प्रदेशसभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गरे । स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सिमित नरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताए ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

‘अब निर्वाचनहरू आउँदै छन् । अब तुरुन्तै हाम्रा अगाडि स्थानीय तहको निर्वाचन आउँछ । स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन । त्यो भोलि गएर राष्ट्रिय सभाको निर्वाचन पनि हो । स्थानीय तहमा प्रमुख, उपप्रमुख जो हुन्छन्, उनीहरूले भोट हाल्ने हो राष्ट्रिय सभालाई । यसको स्थानीय तहमा सरकार बनाउने अथवा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख, सदस्यहरू, कार्यकारिणी आदि बनाउने कुरासँग मात्रै सम्बन्धित छैन । त्यसकारण यो निर्वाचन राष्ट्रिय सभामा मतदाता तयार गर्ने निर्वाचन हो,’ उनले भने ।

त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने उनले बताए । प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाइ छ ।

‘देश विकासका काम गर्न, भ्रष्टाचार रोक्न, जनताको सेवा पुर्‍याउन, स्थानीय तहबाट विकासका कामहरूलाई अगाडि बढाउन, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन यो स्थानीय तहको निर्वाचनको असाधारण महत्व छ । एक वर्षपछि प्रदेश सभाको निर्वाचन हुन्छ,’ उनले भने ।

आगामी दिनमा स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने उल्लेख गर्दै यी सबै निर्वाचनलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताए । उनले स्थानिय तहको निर्वाचनलाई फोकस गरेर संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कार्यकर्ताबीचमा एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको उनको भनाइ छ ।

‘राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निर्वाचनका लागि मतदाता भनेका प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभाका सदस्य हुन् । स्थानीय तहको निर्वाचन, प्रदेश सभाको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, यी निर्वाचनहरू हाम्रा अगाडि आउँदै छन्,’ उनले भने ।

उनले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गते भएको अराजकलाई बैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गरिएको आरोप लगाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
आठ कार्यभारमा छलफल गर्न एमाले भेला

आठ कार्यभारमा छलफल गर्न एमाले भेला

नेकपा एमालेले संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राखेर काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ। पार्टी संगठन विभागको अगुवाइमा अर्...

#निर्वाचन #एमा #एमाले
Compare →
Nagarik News
4d ago
‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात बहादुर’ नभई काम गरेर देखाउने ‘काम बहादुर’ बन्न आग्रह गरे।

#केपी-ओली #एमा #ओली
Compare →
Bizshala
1d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#एमा #एमाले #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612