काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्।
मात्र ८ रन जोड्दा आफ्ना सुरुवाती ४ महत्त्वपूर्ण विकेट गुमाएर अत्यन्तै दयनीय स्थितिमा पुगेको सुदूरपश्चिमको इनिङ्सलाई कप्तान दीपेन्द्रले एक्लै उकासेका छन्। उनले धैर्य र आक्रामक ब्याटिङको उत्कृष्ट नमुना प्रस्तुत गर्दै ४७ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाएर क्रिजमा अविजित टिकिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )