काठमाडाैं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाप्रति पार्टी स्तब्ध र मर्माहत भएको जनाएका छन् । काठमाडौंमा व्यवसाय तथा रोजगारीमा संलग्न सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका स्थानीय एउटै गाडी रिजर्भ गरेर छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )