Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

Nagarik News •
November 12, 2026 • 07:42 AM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकले दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन्।

'छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ,' सामाजिक सञ्जालमार्फत उनले भनेका छन्।

एउटै बस्ती र टोलमा परेको अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव रहेको उल्लेख गर्दै उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

लामिछानेले दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

'यस दुखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु,' उनले भने।

प्रकाशित: २६ कार्तिक २०८३ १३:२७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क ३ मिनेट अघि धनुषा : मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाको परि...

#भीमफेदी #दुर्घटना #घाइते
Compare →
Ekantipur
8h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#भीमफेदी #दुर्घटना #घाइते
Compare →
Onlinekhabar
9h ago
सरकारले भन्यो– भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन प्रक्रिया अघि बढिसक्यो

सरकारले भन्यो– भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन प्रक्रिया अघि बढिसक्यो

२८ कात्तिक, काठमाडौं । सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउनेबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् …

#भीमफेदी #दुर्घटना #मृतक
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#भीमफेदी #दुर्घटना #मृतक
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Politics & Governance
Build #2611